एपीएफ भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा च्यापियन बन्न सफल भएको छ।
शनिबारको उपाधि भिडन्तमा एपीएफले न्यु डायमण्डमाथि ३–० को सहज जित निकाल्ने क्रममा २५–१६,२५–२२ र २५–१४ को सोझो सेटमा स्तब्ध बनायो।
एपीएफकी सरस्वती चौधरीले उत्कृष्ट प्रदर्शन गदै स्पाईकमार्फत २४ अंक जोड्दा ब्लक र सर्भिसमा एक एक अंक जोडेकी थिईन् । कुल २६ अंकको योगदान दिएकी सरस्वतीले आफ्नो गल्तीका कारण ५ अंक बिपक्षी टिम न्य डायमण्डले प्राप्त गरेको थियो ।
एपीएफकै रेश्मा भण्डारी र पुजा चौधरीले सात सात अंकको योगदान दिएका थिए ।
न्यु डायमण्डकी प्रतिभा मालीले उत्कृष्ट प्रदर्शन गरे पनि टिमलाई पराजयबाट बचाउँन सकिनन्। प्रतिभाले स्पाईकमार्फत १८ अंक जोड्दा ब्लक र सर्भिसमा एक एक अंक जोडेकी थिईन्। प्रतिभाले १० अंक नेगेटिभ दिईन्।
न्यु डायमण्डकी झरना श्रेष्ठ र बाल्मिका आचार्यले समान ६ अंकको योगदान दिएका थिए।
उपाधि बिजेता एपीएफले नगद ३ लाख उपबिजेता न्पुडायमण्डले नगद २ लाख सहित ट्रफी प्राप्त गरे ।
प्रतियोगितामा एपीएफकी सरस्वती चौधरीले उत्कृष्ट खेलाडीको उपाधि जितिन् । उनले नगद २० हजार प्राप्त गरिन् । सरस्वतीलाई हिमालय सिमापार बार्णिज्य संघका अध्यक्षले सम्मान स्वरुप नगद ५० हजार प्रदान गरे ।
प्रतियोगिताको बिधागत पुरस्कारतर्फ आर्मीकी शान्ती थारुले बेष्ट स्पाईकर,आर्मीकै सुनिता खड्काले बेष्ट ब्लकरको उपाधि जिते । न्यु डायमण्डकी प्रतिभा मालीले बेष्ट सर्भर,सलिना श्रेष्ठले बेष्ट डिफेन्सको उपाधि हात पारे । एपीएफकी बिनिता बुढाथोकी बेष्ट सेटर चुनिईन् । बिधागततर्फ उपाधि बिजेताले जनहि नगद ७ हजार प्राप्त गरे ।
प्रतियोगितामा न्यु डायमण्डको खेलबाट प्रभावित भएर सृजनशिल आमा समूहले नगद २५ हजार र रिवन ट्रान्सपोर्टले नगद २० हजार प्रशिक्षक कुमार राईलाई उपलब्ध गराएका थिए ।
तेश्रो स्थानको उपाधि भिड्न्तमा आर्मीले पुलिसलाई ३–० को सेटमा हरायो । आर्मीले नगद १ लाख र पुलिसले नगद ५० हजार प्राप्त गरे।
बिजेतालाई भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल,बाह्बीस नगर पालिकाकी उपप्रमुख शुशिला पार्खिङ,ब्लकहर्षका डाईरेक्टर चिनवहादुर श्रेष्ठ,शिल्क ट्रान्सपोर्टलका बिजय शेर्पा,प्रतियोगित संयोजक कुमार श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।