फिलिपिन्समा आगामी भदौ १३ देखि २० सम्म आयोजना हुने २१ औं एसियन महिला भलिबल च्याम्पियनसिप खेल्नबाट नेपाल बञ्चित भएको छ।
जससँगै नेपाली महिला टिमले पहिलो पटक ठूलो प्रतियोगितामा बलिया टिमसँग प्रतिस्पर्धा गर्ने मौका गुमाएको छ।
कोभिड-१९ को नयाँ भेरियन्टको अतिसंवेदनसिल क्षेत्र भएको कारण देखाउँदै फिलिपिन्स सरकारले एशियन भलिबल महासंघमार्फत नेपाल र भारतको भलिबल टिमलाई सहभागी गराउन असमर्थ रहेको जानकारी गराएको नेपाल भलिबल संघले जनाएको छ।
नेपाली खेलाडीहरुले ठूलो प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउनका लागि तयारी गरिरहेका थिए।
यसका साथै नेपाली महिला भलिबल खेलाडीहरुको बन्द प्रशिक्षण पनि स्थगित गरिएको संघले जनाएको छ।