एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपमा नेपाली महिला टिमले लगातार दोस्रो खेलमा जित हात परेको छ।
ढाकामा शुक्रबार भएको आफ्नो दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्यो।
पहिलो सेट २५-११ ले सहज रुपमा जितेको नेपालले दोस्रो सेट पनि २५-९ ले सहजै जित्यो। तेस्रो सेटमा २५-५ ले जित्दै नेपाल विजयी भयो।
यसअघि नेपालले बिहीबार श्रीलंकालाई ३-२ को सेटमा पराजित गरेको थियो।
पुरूषतर्फ भने नेपाल बंगलादेशसँग पराजित भएको थियो। पुरूषतर्फ आज नेपालले उज्वेकिस्तानसँग खेल्नेछ।
महिलातर्फ साविक विजेता नेपालले २ खेलबाट ५ अंक जोडेको छ।
नेपालले अब आयोजक बंगलादेश, उज्वकेस्तान र किर्गिस्तानसँग खेल्न बाँकी छ। शीर्ष दुई टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
पुरुषतर्फ नेपाल, बंगलादेश, उज्वेकिस्तान, श्रीलंका र माल्दिभ्स गरी ५ टिमबीच प्रतिस्पर्धा भइरहेको छ।