एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपमा नेपाली पुरूष टिमले पहिलो जित हात पारेको छ।
नेपालले ढाकामा शुक्रबार भएको खेलमा उज्वेकिस्तानलाई ३-१ ले पराजित गरेको हो। पहिलो सेट गुमाएको नेपालले त्यसपछि लगातार तीन सेट जित्दै जित दर्ता गर्यो।
पहिलो सेटमा २५-१८ ले पराजित भएको नेपालले दोस्रो सेट २५-२१, तेस्रो सेट २५-१८ र चौथो सेट २५-२३ ले जित्यो।
यसअघि नेपाल पहिलो खेलमा बंगलादेशसँग ३-० ले पराजित भएको थियो।
यता महिला टिमले भने लगातार दोस्रो जित हात पार्यो। शुक्रबार भएको आफ्नो दोस्रो खेलमा नेपालको महिला टिमले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्यो।
नेपालले बिहीबार श्रीलंकालाई ३-२ को सेटमा पराजित गरेको थियो।
महिलातर्फ साविक विजेता नेपालले २ खेलबाट ५ अंक जोडेको छ।
नेपालले अब आयोजक बंगलादेश, उज्वकेस्तान र किर्गिस्तानसँग खेल्न बाँकी छ। शीर्ष दुई टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
पुरुषतर्फ नेपाल, बंगलादेश, उज्वेकिस्तान, श्रीलंका र माल्दिभ्स गरी ५ टिमबीच प्रतिस्पर्धा भइरहेको छ