एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपमा नेपाली पुरुष टिमले दोस्रो जित हात पारेको छ।
आइतबार ढाकामा भएको खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्यो।
नेपालले पहिलो सेट २५-२७, दोस्रो सेट २५-१९ र तेस्रो सेटमा २५-२३ को जित निकाल्यो।
यसअघि नेपालले उज्वेकिस्तानलाई हराएको थियो। आयोजक बंगलादेश र श्रीलंकासँग भने नेपाल पराजित भएको थियो।
जितसँगै नेपालको ६ अंक भएको छ।
पुरुषतर्फ नेपाल, बंगलादेश, उज्वेकिस्तान, श्रीलंका र माल्दिभ्स गरी ५ टिमबीच प्रतिस्पर्धा भइरहेको छ।
यता महिलातर्फ नेपाल लागतार चार जित निकालेर फाइलनमा पुगिसकेको छ।
नेपालले आइतबार उज्वेकिस्तानलाई पराजित गरेको थियो। त्यसअघि अपराजित नेपालले यसअघि बंगलादेश, माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको थियो।