एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधि विजेता नेपाली राष्ट्रिय महिला भलिबल टिम बिहीबार स्वदेश आइपुगेको छ।
लगातार दोस्रो पटक उपाधि जितेर बंगलादेशको राजधानी ढाकाबाट फर्किएको नेपाली टिमलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरियो। खेलाडीलाई बाजगाजासहित स्वागत गरिएको थियो।
बंगलादेशमा मंगलबार सम्पन्न फाइनल खेलमा नेपाली महिला भलिबल टिमले उज्वेकिस्तानलाई ३–२ सेटमा पराजित गर्दै उपाधि जितेको हो।
ढाकास्थित शाहिद सूरवार्दी इन्डोर रंगशालामा नेपालले प्रतिस्पर्धात्मक खेलमा उज्वेकिस्तानलाई २६–२४, २४–२६, २५–१५, २५–२२ र १५–११ अंकले पराजित गरेको हो।
प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता रहेको थियो। प्रतियोगितामा नेपाली पुरुष भलिबल टोली भने चौथो भयो।
नेपाली महिला भलिबल टोलीले सन् २०१९ मा बंगलादेशमै सम्पन्न उक्त प्रतियोगिताको पहिलो संस्करणको फाइनलमा माल्दिभ्सलाई हराएर उपाधि जितेको थियो।
सरकारले च्याम्पियन बनेका नेपाली खेलाडीलाई जनही ५ लाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो।