धनगढीमा जारी 'मुख्यमन्त्री कप राष्ट्रिय पुरूष भलिबल' प्रतियोगिताकाे सेमिफाइनल समीकरण पूरा भएको छ।
बिहीबार बिहान भएको क्वाटरफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ३–० सेटले हराउँदै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको छ।
यस्तै आज भएकै खेलमा बागमती प्रदेशलाई पनि ३-० सेटलाई हराउँदै गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश भएको छ।
बुधबार भएका क्वाटरफाइनलका खेलमा जीत निकाल्दै नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब अन्तिम चारमा पुगिसकेका छन्।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्काे आयाेजनामा चैत ७ गतेदेखि सञ्चालनमा आएको उक्त प्रतियोगिता १२ गतेसम्म चल्नेछ।
प्रतियोगिताको विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार तथा उदीयमान खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजारसहित पुरस्कृत गरिने छ।
प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद एक हजार पाँच सय नगदसहित पुरस्कृत गरिनेछ।