रंगशालाभित्र क्षेत्रीय स्तरको भलिबल टे«निङ सेन्टर निर्माण पूरा भएको छ । जिल्ला भलिबल संघको पहलमा १४ महिनाअघि सुरु गरेको टे«निङ सेन्टर निर्माण कार्य पूरा भएको संघका अध्यक्ष भीम पराजुलीले बताए । १४ रोपनी क्षेत्रफलमा निर्माण भएको भलिबल सेन्टरमा प्यारापिट, ४ वटा भलिबल कोर्ट, एउटा भवन, प्राक्टिस वाल र वरपर जालीले भारिएको अध्यक्ष पराजुलीले बताए । ‘भवनमा महिला पुरुषका लागि चेन्जिङ रुम, स्टोर रुम र कार्यालयको लागि एउटा कोठा गरी ४ वटा कोठा छन्,’ उनले भने, ‘करिब १ करोड २० लाखको लागतमा सेन्टर निर्माण सकिएको हो ।’
ट्रेनिङ सेन्टर निर्माण गर्न खेलकुद मन्त्रालयबाट ९५ लाख रकम सहयोग आएको र अन्य रकम विभिन्न संघसंस्था र व्यक्तिबाट जुटाएको उनले बताए । कोर्टभित्र निर्माण भएको प्राक्टिस वाल नेपालमै पहिलो रहेको उनले बताए । ‘प्राक्टिस वाल भनेको खेलाडी एक्लैले भित्ताको सहयोग लिएर ट्रेनिङ गर्न मिल्छ,’ उनले भने, ‘टे«निङवाल ३ मिटर अग्लो र ७ मिटर लम्बाई छ ।’
ट्रेनिङ सेन्टर निर्माण गर्न सबैले सहयोग गरेको अध्यक्ष पराजुली बताउँछन् । ‘संघले मात्र पहल गरेको हो,’ उनले भने, ‘सेन्टर निर्माण गर्ने भनेर अघि सर्ने बित्तिकै पूर्व अन्तर्राष्ट्रिय खेलाडी जयनाराण चौधरी, बुल्स मेन क्लब, क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष सुनील गुरुङ र शैक्षिक संघसंस्थाहरुको सहयोगी हात अघि बढ्यो ।’ भलिबल खेलाडीको लागि टे«निङ सेन्टर अति आवश्यक रहेको उनले बताए । ‘कास्कीलाई मात्र नभएर पश्चिमाञ्चलकै लागि आवश्यक थियो जुन आज पुरा भएको छ,’ उनले भने, ‘राष्ट्रिय स्तरमै राम्रो भलिबल ट्रेनिङन सेन्टर बनेको छ ।’
पोखरामा उच्च स्तरीय टे«निङ सेन्टर तयार हुनु सबैका लागि खुसीको कुरा रहेको जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दीपक गोदारले बताए । ‘खेलाडीका लागि सबै भन्दा महत्वपूर्ण कुरा भनेकै अभ्यास हो,’ उनले भने, ‘नियमित रुपमा खेलाडीले खेल अभ्यास गर्न पाएपछि खेलाडीहरुको स्तर उन्नति हुन, जसले जित सुनिश्चत गराउँछ ।’ सेन्टरको सहयोगले उत्कृष्ट भलिबल खेलाडी उत्पादन हुने विश्वास कोषाध्यक्ष गोदारले व्यक्त गरे । ‘यसअघि पोखरा भलिबलको लागि गतिलो टे«निङ सेन्टर थिएन,’ उनले भने, ‘यस्तो स्तरीय टे«निङ सेन्टरले अभ्यासमा मात्र नभएर खेलाडीहरुको मनोबल समेत बढाउन ठूलो भूमिका खेल्छ ।’
के हो प्राक्टिस वाल ? रंगशालाभित्र क्षेत्रीय स्तरको भलिबल टे«निङ सेन्टर निर्माण भएको छ । त्यहाँ प्राक्टिस वाल पनि निर्माण गरिएको छ । विशेष गरी विदेशमा रहेका टे«निङ सेन्टरमा देख्न पाइने यो प्राक्टिस वाल नेपालमै पहिलोपटक पोखरामा तयार गरिएको हो । प्राक्टिस वाल भनेको खेलाडी एक्लैले भित्ताको सहयोग लिएर ट्रेनिङ गर्न मिल्ने पर्खाल हो । यसमा विशेष गरी भलिबल खेलाडीले फिङगरिङ, सर्ट हान्ने र डिकिङ अभ्यास गर्छन् ।
सेन्टरभित्र रहेको प्राक्टिस वाल ३ मिटर अग्लो र ७ मिटर लामो छ । खेलाडीका लागि प्रशिक्षण गर्न भलिबल सेन्टर भित्र ४ वटा भलिबल कोर्ट, ६ प्राक्टिस वाल निर्माण गरिएको जिल्ला भलिबल संघका भीम पराजुलीले बताए । ‘प्रिक्टिर वाल निकै महत्वपूर्ण छ,’ उलने भने, ‘अभ्यास गर्नमात्र नभएर विदेशीहरुले समेत देख्दा स्तरीय टे«निङ सेन्टरको रुपमा हेर्छन् ।’