सिनेकर्मी माझ युवा ज्योतिष हरिहर अधिकारीको राम्रै प्रभाव छ। थुप्रै नेपाली कलाकारले उनीसँग ज्योतिषिय सल्लाह लिने गर्छ। उनले पहिलो चर्चा लामो समयदेखि नेपाली अभिनेता राजेश हमालले कहिले विहे गर्लान भन्ने प्रश्नको भविष्यवाणीले दिलायो।
उनले विवाहको मुडमा रहेका हमाललाई २ वर्ष पछि विवाह गरे, राम्रो हुने सल्लाह दिए। त्यसैले उनलाई पहिलो चर्चा दिलायो, हमालको विहे २ वर्ष सार्ने ज्योतिष भनेर।
उनी आम ज्योतिष भन्दा फरक छन्। झट्ट् हेर्दा उनलाई एक आधुनिक युवाको स्वरूपमा देखिन्छ तर उनको पेसा ज्योतिषि हो। सिनेकर्मीसँग बाक्लै उठबस भएका हरिहर ज्योतिष पेसाबाट सिनेकर्ममा होमिएका छन्।
उनी 'शुभ लभ' नामक सिनेमाबाट नायकका रूपमा शुक्रबार पर्दामा डेब्यू भएका छन् । सिनेमा प्रचारको रस्साकस्का बिचमा हामीले उनीसँग उनको ज्योतिष कर्म र सिनेमा डेब्यूको बारेमा कुरा गर्यौं।
ज्तोतिष भएकाले पहिलो स्वबाविक प्रश्न थियो, 'सिनेमा चल्छ'
ज्योतिषलाई विज्ञान मान्ने उनले यस्तो जवाफ दिए।
'यहि हुन्छ भन्ने एउटा भविष्यवाणी हुन्छ ,अर्कोचाँहि यो गर्दा राम्रो यो गर्दा नराम्रो भन्ने हुन्छ। मैले आजसम्म यहि हुन्छ भनेर होइन, यस्तो गरे राम्रो भनेर हेर्छु। मैले आफ्नै कुण्डली हेर्दा शुक्र ग्रह राम्रो देखें त्यसैले गर्दा राम्रो भनेर गरें। रिलिज डेट पनि यो डेटमा राम्रो भन्ने भएर गरेको हो। ज्योतिष शास्त्रले भन्ने त्यही हो। त्यो कुरा आजसम्म मिलेको छ अब भएन भने त्यो अर्कै कुरा हो।'
यदि मिलेन भने?
अर्को स्वभाविक प्रश्नको जवाफ उनले, 'मिलेन भने अर्को रिसर्च निस्कन्छ। म रिसर्चर पनि हो।'
उनको भनाइ उनको शुक्र ग्रह अहिले बलियो छ र यो ग्रह बलियो हुनु कलाकर्मका लागि राम्रो हो।
उनको सिनेमा कस्तो होला त्यो केहि दिनको व्यापारिक रूझानले स्पष्ट पार्ला।
उनी दश जोड दुईमा विज्यान पढेका मान्छे तर त्यसपछि विदेश जाने तयारीमा रहेका उनी एउटा घटनाले यता मोडिए।
उनकी आमलाई यस्ता कुरामा विश्वास । छोरो विदेश जानेभएपछि चिना लिएर उनकी आमाले उनलाई एक ज्योतिषकोमा लगिन।
हेराउनेक्रममा विज्ञानका विद्यार्थी हरिहरले ती ज्योतिषसँग तर्क गरे। मान्छे कर्मले बन्छ भाग्यले होइन।
ती ज्योतिषले जवाफ फर्काए, 'तिमीले ज्योतिष केहि पढेका छैनौ। त्यसैले केहि जानदैनौ, यो भनेको ठूलो विज्ञान हो, नपत्याए एकपटक पढेर हेर।'
उनी त्यसपछि बागबजारमा एउटा ज्योतिष पढाउने ठाँउमा गए र २ महिना पढें।
पढेपछि उनलाई हो क्या हो भयो।
'भोलि कतिबेला सूर्य उदाउँछ आजै भन्दिन्छन्। हिसाबकिताब सब ठीक छ। हिसाब नै प्रयोग हुन्छ। अनि एउटा रिसर्च गर्नुपर्छ लागेर शनि र मगलको रिसर्च गरे। त्यसमा मैले सामुहिक मृत्यु किन हुन्छ भनेर', उनले सम्झिए।
त्यो पनि मिल्यो। त्यसपछि कता कता राजेश दाई(हमाल)सँग जोडिन पुगे। त्यसपछि मिडियामा चर्चा बढेको हो।
'मैले त्यो बेला भर्खर खुलेको नेशनल टिभीमा एउटा शो सुरू गरेको थियो। मैले गेस्ट ल्याएर चिना हेर्ने कार्यक्रम बनाउने निर्णय गरें। त्यसमा मैले राजेश हमाललाई ल्याउने सोचें। सिधैं उहाँकोमा गएर कुरा गरे। उहाँले एक दुई वटा प्रश्नहरू गर्नुभयो। मैले उत्तर दिएँ, उहाँ आउँन राजी हुनुभयो', उनले भने।
शोमा उनले हमाललाई तत्काल बिबाह नगर्न सुझाए। हमाल उनीबाट प्रभावित भए, साँझ घरमा डिनर गर्न बोलाएँ।
'म गएँ, त्यहाँ दाइको चिना हेरें, घरमा साँच्चिकै विवाहको कुरा चलिरहेको रहेछ। मैले २ वर्ष सार्न सुझाव दिएँ। त्यसपछी राजेश हमालले २ वर्ष सारे विवाह भन्ने समाचारहरू आएँ। त्यहाँबाट मानिसहरूले चिन्न थाल्नुभयो। त्यसरी मेरो स्टेपअप भयो', ज्योतिष पेसामा आफ्नो पहिलो चर्चा सम्झदै हरिहरले बताए।
'मैले ज्योतिष शास्त्रहरूको वैज्यानिक कारणहरू दिएँ। त्यसपछि मलाई मान्छेहरूले खोज्न थाल्नुभयो। आजसम्म मैले मेरो अफिस यता छ भनेर बोर्ड राखेको छैन। धेरैको ध्यान तानेकोचाँहि राजेश हमालको बिहेको भविष्यवाणी गरेपछि हो।'
अब सिनेमामा उनी आइसकेका छन्। यो नयाँ पेसा उनका लागि गरिरहेको पेसा भन्दा कति गार्हो र सरल रह्यो त।
यसमा उनी यस्तो भन्छन्, 'ज्योतिष कलाकार दुबै बन्न गार्हो।'
'ज्योतिष बन्न नि एकदमै गार्हो भयो। सानो उमेर देखेर यति सानो मान्छे ज्योतिष भनेर पत्याउनुहुँदैन।किनकी ज्योतिष भनेको एकदमै गहन विषय हो। मैले सुरू गर्दा यो २०-२१ वर्षको मान्छेलाई के ज्ञान होला र भन्ने अविश्वास थियो। यस्तो कपडा लगाएको छ।यी सबै चिजलाई चिर्नलाई एकदमै गार्हो भयो मलाई।'
अभिनयमा पनि त्यस्तै अनुभव भोगें हरिहरले।
धेरैको संशय थियो सिनेमामा उनको प्रवेशलाई लिएर।
'ज्योतिष जस्तो कर्ममा लागेको मान्छे। न अभिनयको क्लास लिएको छ। यसले अभिनय गर्ला र भन्ने सशंय व्यक्त भए। त्यसपछि मेरो उचाइ पनि अलि कम छ। सिनेमामा लुक्ससँगै यस्ता यावत चिजहरू हेरिन्छ।'
उनलाई केहि डर पनि छ।
हाल एकपछि नेपाली वक्सअफिसमा सिनेमाहरू लगातार असफल भइरहेको अवस्थामा उनको डेब्यू सिनेमा रिलिज हुँदै गरेकाले उनी केहि डराएका हुन्।
'सुपरस्टारहरू भनिएका सिनेमाले दर्शक पाइरहेको छैन। यस्तोमा एउटा नयाँ अभिनेताको डेब्यू सिनेमा भनेपछि म धेरै गार्हो अवस्थामा सिनेमामा आउँदैछु।'
एकातीर डर भएपनि अर्को कराले उनलाई ढाडस पनि दिएको छ।
भन्छन्, 'यसले भनेको कथा आजसम्म प्रत्यक्षरूपमा सिनेमा आएको छैन। नयाँ कथा हो। कहिलाकाँहि नयाँ कथा रूचाउन पनि सकिन्छ नरूचाउन पनि सकिन्छ। कतालाई सिनेमामा रोचक बनाइएको छ। नयाँ कथा छ नयाँ काम देख्न पाइने मेरो अनुमान छ।
यो सिनेमामा सन्तोष बाबुको मेकिङ हरिहर अधिकारी अभिनयका लागि र कहिले पर्दामा नआएको कथा सिनेमामा पहिलो पटक आइरहेकाले यो सिनेमा हेर्नुपर्छ भन्ने लाग्छ।
उनको दाबी छ सिनेमाले १० मिनेटमा दर्शकलाई होल्ड गर्छ।
सिनेमा गरेपछि स्वमूल्याकंनमा उनी आफ्नो नजरमा ठिकैको एक्टर हुन्।
'मैले जति सोचेको थिएँ त्यति नै गरेको छु, भयानक गरें वा झुर गरें भन्ने छैन। पहिलो सिनेमामा जति गर्नुपर्ने हो त्यति गरेको छु। एउटा कलाकारको डेब्यू सिनेमा जस्तो हुन्छ यो नि त्यस्तै छ। यो सिनेमा हेरेर दर्शकहरूलाई यसले पाँच वर्षपछि यो स्तरको अभिनय गर्नसक्छ भन्नेचाँहि पार्छ।'
सिनेमा गरेपछि उनले आफू सेन्टिमेन्टल रोलमा सजिलै घुल्न सक्ने रहेछु भन्ने थाहा पाएँ। कमेडी उनीबाट भयानक नआउने रहेछ अनि एक्सन गरें सक्ने पाए।
उनले आफू एउटै सिनेमा नरोकिने बताए।
'सफल होला नहोला आफ्नो ठाउँमा छ, थप सिनेमा गर्छु', उनले कुराकानी बिट मार्दै भने।