नेपाल टेलिभिजनबाट प्रसारित हुने नाच कार्यक्रम ‘आँगन’मा नाचेर नीता ढुँगाना प्रथम भइन्। उनको सो नाच अशोक शर्माले हेरेका रहेछन्। त्यतिखेर अशोक ‘मितिनी’ सिनेमा बनाउने तरखर गर्दै थिए। नीता त्यस कार्यक्रममा नेपाल आर्टसको प्रतिनिधित्व गर्दै पुगेकी थिइन्।
नीताको हाउभाउ र भावभंगीमा ठ्याक्कै अशोकले आफ्नो सिनेमाका लागि खोजिरहेको बाल पात्रका लागि सुहाउने थियो। उनले नीतालाई सिनेमामा अनुबन्ध गरे। ‘मितिनी’ सिनेमा खेलेयता यस क्षेत्रमा नीताको २० वर्षको समय बितिसकेको छ।
त्यस्तै मिरूना मगर नेपाली सिनेमामा प्रवेश गरेको केहि वर्ष मात्र भएको छ। त्यसो नेपाली कलाकारितामा उनको साइनो उनकी आमा शशी थापा सुब्बासँग जोडिएको छ। उनकी आमा धरानको ‘अनाम नाट्य जमात’को सक्रिय कलाकार थिइन्। त्यसैको प्रभाव उनलाई परेको हुनुपर्छ। परिवार धरानबाट बेलायत सरेपनि पढाइ सकिएपछि मिरूना नेपाल फर्किएर नेपाली रंगमंचमा प्रवेश गरिन्। रंगमंचको प्रशिक्षणपछि उनी नेपाली सिनेमाको नजरमा परिन्। उनले पनि आमाको बाटो समातिन्।
यी दुबै अभिनेत्री अभिनित ‘साईनो’ सिनेमा शुक्रबारबाट रिलिज भएको छ। सिनेमालाई नेपाली सिनेमाकी प्रथम नायिका भुवन चन्द थापाले निर्माण गरेकी हुन्। यसै सिनेमाको प्रचारमा रहेका यी दुई सुन्दरी अभिनेत्री सेतोपाटीसँगको कुराकानीमा यस्तो सुनिएः
अभिनयकरियरकिनछानेको?
नीताः त्यो थाहा छैन। ‘आँगन’मा गरेको नाचका कारण सिनेमामा आएँ। आएपछि क्यामरा एक्सन, कटको माहोल मलाई मनपर्यो। त्यसअघि टिभीमा कलाकार हेर्दा भगवानजस्तो लाग्थ्यो। अनि प्रत्यक्ष देख्न पाएँ। नाम पनि, दाम पनि कमाइने अनि मेरो रूचिको क्षेत्र पनि भयो।
मिरूनाः सन् २०१६ सम्म यसलाई करियरको रूपमा लिन्छु भनेर सोचेको थिइन। जब नाटकको कक्षा लिए तब आफूलाई बुझें। मौका पनि पाए, प्रभाव पनि पर्यो। यसमा लागेका मान्छेहरू मनपरे। जति बुझ्दै गएँ, कलालाई त्यति मन पर्दै गयो। सानैदेखि चिनिराखेको अनि ममी पनि रंगमञ्चको कलाकार हुनुहुन्थ्यो, त्यसको प्रभाव पनि पर्यो। त्यसअघि म पढाइपढाइ भनेर एउटै बाटो हिँडिरहेको थिएँ। ९-५ को जागिर गर्छु पढाइसकेपछि भन्ने थियो। जब आफूलाई एक्सप्लोर गरें, यो मनपर्न थाल्यो। काम गर्न थालेपछि झनै मनपर्यो। नाम-दाम कलाप्रतिको सम्मान, सबै एउटै ठाउँमा हुने। दर्शकहरूले दिएको माया एकदमै विशेष लाग्न थाल्यो कलाकारका रूपमा। अनि गरें।
ममीयसमाहुनुहुन्थ्योभनेपछिबढिआकर्षितभएकोहो?
मिरूनाः सायद, त्यो रगतमै थियो की? सानैदेखि त्यही माहोलमा हुर्कें। धरानमा हुँदा ममीहरूको अनाम नाट्य समूह भन्ने थियो। ममी त्यहाँ जानेभएपछि, मेरो खेल्ने ठाउँ नै त्यही भयो। नाटक, नृत्य आदि सबै अभ्यास गरेको देख्थें। त्यो चिजहरूले पनि प्रभाव पारेको हुनुपर्छ।
'मितिनी'माबालकलाकारबन्दैअभिनयसुरूभयो।त्योसिनेमाकसरीआइपुग्यो?
नीताः त्यतिबेला नेपाल टेलिभिजनबाट आँगन भन्ने कार्यक्रम आउँथ्यो। म त्यसमा प्रतिष्पर्धी बनेको थिएँ। त्यसमा म प्रथम भएँ। म नेपाल आर्टसबाट गएको भएर अशोक अंकल र नरेन्द्र अकंल(अशोक शर्मा र नरेन्द्र महर्जन) मलाई हेर्नुभएको रहेछ। उहाँहरूले नेपाल आर्टसमा फोन गरेर, एउटा बाल कलाकार चाहिएको थियो, त्यो नाच्ने केटी चाहियो भन्नुभएछ। मलाई खबर आयो, जुन चरित्र उहाँहरूले खोज्नुभएको थियो, त्यो उहाँहरूले मेरो नाचमा देख्नु भएछ।
त्योसमयदेखियोसमयसम्मआइपुग्दाआफ्नोकरियरसोचेजस्तोगइरहेकोछ?
नीताः पूर्ण सन्तुष्ट त को होला र? एउटा सामान्य पृष्ठभूमिबाट आएर यतिको हैसियत बनाएर, नाम राख्न सकेकोमा खुशी छु। सपना त अझै धेरै छ, काम धेरै गर्न बाँकी नै छ। अहिले बच्चामा सोचेको भन्दा त धेरै नै पाएको हो। तर ठूलो भइसकेपछि, यस्तो काम गरिसकेपछि यो भन्दा पनि अझै राम्रो गरूँ, नाम कमाउँ भन्ने लोभ त मान्छेलाई लागि हाल्ने रहेछ।
मिरूनाः अहिलेसम्म एक समयमा एक पाइला भइरहेको छ। लामो समय काम गर्ने इच्छा छ। अहिलेसम्म सिक्ने मौका पाइरहेको छु। फरक-फरक मान्छेसँग फरकफरक जनराको सिनेमामा काम गरिरहेको छु। यस क्षेत्रका मानिसहरूका कुरा सुन्दा सहि बाटो मै छु जस्तो लाग्छ। त्योसँगै यति गर्छु, योसम्म गर्छु भनेर सोचिसकेको पनि छैन। अझै बुझ्ने र सिक्ने क्रममा छु तर हिडिँरहेको बाटो ठीक छ।
गतिकमभयोजस्तोलागेकोछैन?
मिरूनाः अहँ छैन, म त एकदम खुशी छु। किनकी यो सिक्ने प्रक्रिया हो। आआफ्नो अनुभवको कुरा पनि हुन्छ, त्यसमाथि भाग्यको कुरा पनि यहाँ लागू हुन्छ। मैले सोचेको त छैन तर अरूहरूले भन्नुहुन्छ- तपाईंलाई अनलक्की भन्ने हुनकी भनेर। भलै, मैले सोचेको छैन। सुस्त भन्दा पनि सिक्ने कुराले गर्दा म खुशी छु। फेरि एकैपटक माथी पुग्न पनि गार्हो हुन्छ। १-१ पाइला गरेर बढिरहेको छु।
नितालाईआफ्नोकरियरमाकहिकतैचुकभइरहेकोअनुभवभएकोछकीछैन?
नीताः हरेक कलाकारले राम्रो सिनेमा गरूँ भनेर सिनेमा गर्ने हो। स्क्रिप्ट पढ्दा राम्रो हुन्छ अनि सुटिङ हुँदाहुँदै कहिलेकाँही जस्तो सोचेको हुन्छ, सिनेमा त्यस्तो बनिदिदैंन। कहिले सोचेको हुँदैन तर राम्रो बनिदिन्छ। पहिला स्क्रिप्ट हेरेरमात्र निर्णय गर्थे, त्यो कुराले म चुकेको छु। राम्रो स्क्रिप्टले मात्र सिनेमा राम्रो नहुने रहेछ। कति चले, कति चलेन, कति ठीकठाकै भए। जे भइरहेको छ, ठीकै भइरहेको छ जस्तो लाग्छ।
अहिलेकोअवस्थालाईहेर्दाआफूलाईकतिकोचुनौतीपूर्णअवस्थाछभन्नेअनुभवहुन्छ?
नीताः धेरै नै छ। पहिला थोरै बन्थ्यो, बिचमा धेरै बन्यो अहिले फेरि कम बन्न थालेको छ। यस्तोमा सिनेमामा उपस्थिति जनाएर आफ्नो काम देखाउनको लागि अहिलेको अवस्थामा एकदमै गार्हो छ। अहिले राम्रो ब्यानरको काम पाउनु नै ठूलो हो। म आफै पनि मेकरको हिसाबले अगाडि आउँदैछु, त्यो हिसाबले कलाकारलाई मात्र होइन निर्मातालाई पनि चुनौतीपूर्ण छ।
अनिनयाँलाईकतिकोचुनौतीछ?
मिरूनाः एकदमै धेरै। नयाँ कलाकारहरू धेरै आइरहनुभएको छ। एउटा सिनेमामा डेब्यू गर्न मात्र होइन। जस्तो मैले यहाँको कोहि मानिसहरू चिनेको थिएँ। न त यसरी सिनेमा बन्छ थाहा थियो। म युकेमा नेपाली सिनेमाबाट अलि पर बसेर पढिरहेको, हुर्किरहेको थिएँ। हामी राम्रो स्क्रिप्ट, राम्रो स्क्रिप्ट भनिरहेका हुन्छौं तर राम्रो टिम पर्नु उत्तिकै महत्वपूर्ण छ। किनकी राम्रो स्क्रिप्ट पनि राम्रो टिम नपर्दा बिग्रेको छ। धेरै मान्छे चिन्नुपर्ने रहेछ भन्ने पनि सिकें। डेब्यूको मौका पाइन्छ तर त्यसपछि अरू सिनेमामा काम गर्ने चुनौती छ।
डेब्यूगर्दायीकुरासोचिएकोथियोयाथिएन?
मिरूनाः थिएन, त्यो डेब्यू गर्नेबेला त भर्खर थिएटरबाट सिकेर निस्केको थिएँ। काम गर्न पाउनु नै मेरा लागि ठूलो कुरा थियो। त्यतिबेला यी सबैलाई मैले एउटा मौका ठानेको थिएँ। नाटकमा ५ महिना रहँदा कहिलेचाँहि काम देखाउन पाउँला भन्ने उत्साह थियो। मौका पनि पाएँ, गरें। त्यतिबेला योचाँहि मेरो मौका हो भन्ने मात्रै थियो। त्यसले गर्न सक्छु भयो। थिएटरका यस्ता ठूला मान्छेसँग काम गर्दैछु भन्ने भयो। त्यसपछि पनि मैले म कस्ता मेकरसँग काम गर्छु, गरूँला सोचेको थिइन, बस एउटा मौकाको रूपमा हेरें।
एउटानेपालीकलाकारलाईसिनेमाकोस्क्रिप्टछान्नेउस्तोअवसरहुन्न।आफूकहाँकस्ता-कस्तास्क्रिप्टआए?
मिरूनाः सिमित किसिमका आउँछन्। एउटा किसिमको चरित्र गरेपछि त्यस्तै खालेमा खोजिन्छ। दर्शकलाई पनि त्यही बानी पर्ने रहेछ। भाग्यवशः मैले फरक-फरक किसिमका सिनेमा गर्ने मौका पाइरहेको छु। ३ वटा सिनेमा गरें, ३ वटै फरक। धेरै फरक स्क्रिप्ट त आउँदैन।
नीताः उसले भनेजस्तै हो। विभिन्न चरित्रको आउन त आउँछ मलाई तर कतिपय आफूले नमिल्ने, गर्न मन नलाग्ने हुन्छ। छनौट कम गर्न पाइन्छ। धेरै त व्यवसायिक सिनेमाका स्क्रिप्ट धेरै आउँछन्। मेरो रोजाइमा अलि आर्ट सिनेमा नै मनपर्छ।
एक्लैबस्दाआफ्नोकामरकरियरकाबारेमास्वमूल्याकंनकत्तिकोगरिन्छ?
नीताः अभिनेत्रीका रूपमा आफूमा धेरै नै कमजोरी भेट्छु। यो-यो भन्ने नभएपनि काम गरेका सिनेमा हेर्दा यहाँ मैले अझ राम्रो गर्न सक्थे, यो गरेको भए हुन्थ्यो लागिरहन्छ। अलिकति अग्ली भइदिएको भए, राम्रो हुन्थ्यो चाँहि लाग्छ मलाई। सबैले मेरो एक्सप्रेसनचाँहि राम्रो छ भन्नु हुन्छ।
मिरूनाः मैले आफूलाई पर्दामा त्यति धेरैचोटि हेर्न त पाएको छैन। दुईवटा सिनेमा त गरें। त्यो हेर्दा धेरै कुरा छ। मैले सबै कुरा सुधार्नुपर्नेछ । ठूलो स्क्रिनमा हेर्दा अझ धेरै देखिन्छ। एउटा स्तरसम्म स्वमूल्याकंन ठीक हो तर आफ्नो आत्मविश्वासलाई हल्लिनेगरी पनि गर्न हुँदैन।
दुबैकोनजरमाएकअर्कोसबलरदुर्बलपक्ष?
मिरूनाः बाल कलाकारदेखि अहिलेसम्म काम गरिराख्नु निरन्तरता दिनु आफैमा उल्लेखनीय काम हो। जस्तो परिस्थितिमा पनि काम गर्ने। काम गर्दा मैले दुईपटक यसको महसुस गरेको छु। ककनीमा सुटिङ भइरहेको थियो। दिनभर त्यहाँ काम गरेर उहाँले काठमाडौंमा म्यूजिक भिडियोको रातभरी सुटिङ गरेर भोलिपल्ट दिनभर सुटिङ गर्न बिहान ककनी फर्किनुभएको थियो। अर्को कालिञ्चोकमा चिसोले ढल्नुभयो तर उठेर फेरि काम गर्नुभयो। कमजोरी त्यस्तो केहि भेटिन। आफूलाई स्ट्रेस हुनेगरी ‘ठीकै छ’ भनेर काम गर्ने बानी सुधार्नुपर्छ।
नीताः आफैमा ज्ञानी मान्छे छ। जस्तो, काम गर्दा मैले कति कुरामा लापरवाही गरेको हुन्छु तर उसलाई भने हरेक कुरा ठ्याक्कै मिलेको चाहिन्छ। जस्तो लुगा लगाउँदा टक लगाउनुपर्छ। सबैसँग राम्रोसँग बोल्छ, कसैले केहि भन्यो भने तुरून्तै मुख नफर्काउने, सुनिराख्ने, बुझिराख्ने। एकदमको नजिकको मान्छेसँगमात्र सेयर गर्ने। ऊ राम्रो अभिनय गर्छ। 'रोजी' सिनेमामा मैले उसको गीत मात्र हेरेको थिएँ। 'साईनो'मा काम गर्दा सुटिङमा मैले त्यस्तो केहि अनुभव गरिन तर डबिङमा एकदमै राम्रो पाएँ। स्क्रिनमा उसको अभिनय एकदमै राम्रो देखिन्छ। राम्रो नाच्छ।
अबअभिनेत्रीकाहिसाबलेआफूलाईकस्तोभूमिकामाअभिनयगर्नेमनछ?
नीताः यस्तो भन्नेचाँहि छैन। एब्नर्मल प्रकारको भूमिका गर्ने पाएको छैन, त्यो गर्न मन छ।
मिरूनाः भर्खर ३ वटा त सिनेमा भयो। गर्न त सबै खालको गर्न मन छ। ठ्याक्कै यस्तो भन्दाचाँहि 'चार्लिज एन्जल्स' सिनेमाको जस्तो भूमिका गर्न मन छ। एक्सन प्याक सिनेमा गर्ने रहर छ। त्यस्ता सिनेमा जहाँ हिरोले आएर हामीलाई नबचाओस हामी हामी आफैले एक्सन गरेर अरूलाई बचाएको भूमिका गर्न मन छ।
अभिनेत्रीबन्नेनिर्णयगर्दाममीकोप्रतिक्रियाकेथियो?
मिरूनाः थिएटरमा गएपछि एकदमै खुशी हुनुभएको थियो। मलाई मैले भन्दा बढि ममीले बढि प्रोत्साहन गर्नु भयो। म ल गर्ने र भनेर सोच्दा उहाँले गर्नु भन्नु भयो। अहिले पनि म मेरो स्क्रिप्ट ममीसँग छलफल गर्छु। खुशी हुनुहुन्छ, एकदमै सहयोगी हुनुहुन्छ। धेरै युकेमा पढिरहेको ग्र्याजुएट गरेको मान्छे सिनेमा भनेर भन्दा ममीले मलाई हौसला दिनुहुन्छ, मेरो पक्षमा बोल्नुहुन्छ।
निर्माताबन्दैहुनुहुन्छ।यत्रानिर्माताहरूडुबिरहेकोअवस्थामानिर्माताबन्नेसोचकहाँबाटआयो?
नीताः आफ्नै क्षेत्र हो। यसमा लागेकै २० वर्ष भइसक्यो, अब म अरू केहि गर्न पनि सक्दिन। लगानी गर्न सकूलाँ बाहिरी काम तर पूरा समय त दिन सक्दिन। अब यो भनेको सबै बुझेको क्षेत्र भयो। हिरोइन बनेर अब म कति वर्ष खेल्ने? ३ वर्ष? ४ वर्ष? दर्शकले स्वीकार गरून्जेल न हो। अब त्यो सकिएपछि मैले केहि न केहि त गर्नैपर्छ। अझ मेरो इच्छा त निर्देशक बन्ने हो, त्यसको समय अझै भएको छैन। धेरै कुरा सिक्नु छ, त्यसका लागि। निर्माता बन्दा त्यसमा एउटा राम्रो स्क्रिप्टलाई लगानी गर्ने हो । यसले सिनेमालाई नै राम्रो गर्छ। धेरै निर्माताहरू पछाडि हट्नुभएको बेलामा मैल काम गर्दा नेपाली सिनेमालाई राम्रै गर्छ।
राष्ट्रियअवार्डमातपाईंकोआपत्तिथियो, किन?
नीताः आपत्ति भएरै हो, जुन वर्षकोमा थियो मैले २०७४ साल भनेर तोकेरै नै लेखेको थिएँ। त्यसमा चित्त नबुझेको हो। फेरि मैले नपाएर पनि होइन। मैले पहिला नै राष्ट्रिय अवार्ड जितिसकेको छु, २०६८ सालमा। अन्तराष्ट्रिय अवार्ड पनि जितिसकेको हो। मेरो प्रश्न के हो भने मैले अभिनय गरेको सिनेमा 'पंचायत' नेपालबाट ओस्कारका लागि सिफारस भयो तर राष्ट्रिय अवार्डमा कुनै पनि विधामा पर्दिएन। त्यो किन? भन्ने मेरो प्रश्न हो। ओस्कारमा त राम्रै सिनेमालाई सिफारिस गरिन्छ जस्तो लाग्छ मलाई। अरू पनि राम्रा सिनेमाले न्याय पाएनन्, मैले त्यसको प्रश्न उठाएको छैन।
तस्वीरहरूः बिनोद पोखरेल