अमेरिकाको डालसमा हालै एक अश्वेत वर्णका किशोरको गोली प्रहारबाट घाइते भएकी नेपाली विद्यार्थी ज्वाला कार्कीलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
युएस नेपाल हेल्प नेटवर्क (UNHU)ले गो फण्ड मार्फत संकलन गरेको ४३ हजार १ सय डलर मध्ये गो फण्डको शुल्क कटाएर बाँकी रहेको ३९ हजार १ सय २१ डलर ६५ पेनी अर्थात करिब ४० लाख नेपाली रूपैंया घाइते कार्कीको व्यक्तिगत खातामा जम्मा गरिएको हो ।
हेल्प नेटवर्कका प्रतिनिधि प्रवेश नेपाल सँगै उनको समूहले बुधबार घाइते कार्कीको अपार्टमेन्टमा पुगेर सो रकम खातामा जम्मा गरिदिएको जानकारी दिएको बताइएको छ ।
दुई साताअघि आफ्नै अपार्टमेन्टको लन्ड्री रूममा फोनमा कुरा गरिरहेको समयमा एक अश्वेत वर्णका किशोरले अन्धाधुन्ध गोली चलाउँदा ज्वालालाई शरीरका बिभिन्न भागमा ७ वटा गोली लागेका थिए।
भाग्यबस बाँचेकी ज्वाला हाल अस्पतालबाट डिस्चार्ज भएर आफ्नै अपार्टमेन्टमा आराम गरिहेकी छिन् ।
दुई वर्ष अघि मात्र अमेरिका आएकी पोखरा नगरपालिका चौठे १४ कि २४ वर्षिया ज्वाला कार्की दुई महिना अघि मात्रै मेरिल्याडबाट डालस आएकी थिइन्।
यो पनि हेर्नुहोस्