अभिनेता अनमोल केसीको शीर्ष भूमिका रहेको बहुप्रतिक्षित चलचित्र ‘कृ’ न्युयोर्कको प्रतिष्ठित सिनेमा घर यूए कोफम्यान एस्टोरिया स्टेडियममा पहिलो पटक देखाइने भएको छ।
न्युयोर्ककै महंगो मध्येको एक उक्त सिनेमा घरमा केही प्रख्यात हिन्दी चलचित्र प्रदर्शन हुने गरे पनि नेपाली फिल्म भने हालसम्म प्रदर्शनमा आएको थिएन ।
उक्त चलचित्र वितरणको जिम्मा लिएको केटीबी इन्टरटेन्टमेन्टका अनुसार फेब्रुअरी २५ र मार्च ४ तारिखमा न्युयोर्कको यूए कोफमयनमा सिनेमा घरमा पहिलो पटक नेपाली चलचित्र देखाइने भएको छ । पहिलो चरणमा अमेरिकाको २० भन्दा बढी राज्यका प्रमुख सिनेमा घरहरुमा चलचित्र देखाउने तयारी रहेको पनि केटीबीले जनाएको छ।
केटीबीका प्रबन्धक कबिता श्रेष्ठका अनुसार चलचित्र न्युयोर्कसँगै नेपालीहरुको मूल बसोवास रहेकको शहर टेक्सास, क्यालिर्फोनिया, डीसी, बोष्टन, फ्लोरिडालगायत राज्यका प्रतिष्ठित सिनेमा हलमा पनि देखाइने छ।
नेपाली चलचित्रलाई अमेरिकाको रेष्टुरेण्ट र समान्य कार्यक्रम हलमा प्रदर्शन गर्ने गरिएकोमा आपत्ति जनाउदै प्रबन्धक श्रेष्ठले भने, ‘हामीले नेपाली चलचित्रलाई अबमूल्यन हैन अब सम्मान गर्नुपर्छ । त्यो काम केटीबीले गर्छ ।’
केटीभीका प्रबन्धक छेपाक दोर्जे गुरुङले अमेरिकामा पहिलो पटक नेपाली चलचित्र वितरणको जिम्मा लिएका जनाउर्दै नेपाली चलचित्रको बजारलाई अन्तराष्ट्रियकरण गर्दै लैजाने योजना रहेको जनाए। सुरेन्द्र पौडेको कथा, सम्पादन र निर्देशनमा निर्मित चलचित्र कृ ले अमेरिकामा राम्रो बजार लिने बिश्वास गुरुङले गरे।