‘मनुष्य आफ्नो विश्वासबाट निर्मित हुन्छ। जस्तो ऊ विश्वास गर्छ। त्यस्तै ऊ बन्छ’, गीतामा श्रीकृष्णले भनेका श्लोक हुन्।
कृष्णका यी श्लोकलाई जहाँ रहे पनि मानिसको विश्वास कति अटल हुन्छ भन्ने सन्दर्भलाई जोड्न खोजिएको छ। हामी नेपाली संसारभरी छरिएका छौं। हामी जहाँ रहेपनि आफ्नो संस्कृति, भाषा, साहित्य एवं कलाप्रति अटल विश्वास राख्छौं। जहाँ जान्छौं, यी सबै हामीसँगै जान्छन्। जीवन जिउने आधार भएकाले हामी हाम्रा सांस्कृतिक मूल्य निरन्तर अभ्यास गर्दै गर्छौ।
जसले हामीलाई शान्ति दिन्छ। हामी सुखी भएको महसुस गर्छौ। त्यसैले भनिन्छ, सम्भयतालाई डोर्याउन संस्कृतिलाई जोगाउनुपर्छ। जहाँ हाम्रो विश्वास अडिएको छ र हामी बेलाबेलामा हाम्रा चाडपर्व, धार्मिक प्रतिष्ठानहरु गरिरहन्छौ। यस्तै एउटा उदारण हो यो मेरिल्याण्डको बल्टिमोरको हिन्दू बुद्ध मन्दिर। यस मन्दिर शुभारम्भमा महायज्ञ पूराण यही जुलाईको २८ देखि शुरु हुँदै छ।
केही सन्दर्भ विगतसँग जोडौं, मन्दिरलाई यस चरणसम्म ल्याउन हजारौं दयालु मनहरुको सहयोग अहम रह्यो, रहिरहेको छ। इतिहास लामो छैन। मन्दिर स्थापना गर्न विश्वासबाटै थालिएको हो। त्यो पनि २०१७ मार्च तिर।
आजसम्म मन्दिर स्थापनार्थ मेरिल्याण्ड, भर्जिनिया एवम् डिसी क्षेत्रमा बसोवास गरेका नेपालीहरुको सहयोग, सद्भाव र अथक प्रयास जारी छ।
३१ एकड क्षेत्रफलमा फैलिएको यस मन्दिरको भूभागले काठमाडौं स्वयम्भूनाथको झल्को दिन्छ। मन्दिरसँग हजारभन्दा बढी परिवार जोडिइसकेका छन्। वर्ष दिनमा आधारभूत निर्माण कार्य सम्पन्न भएका छन्। रंगरोगन, सरसफाई, प्लम्बिङका कामहरु पूरा भएका छन्।
मन्दिरमा स्थापनार्थ आठ वटा मूर्तिहरु नेपालबाट ल्याउने प्रक्रिया शुरु भएको छ। यस मन्दिरका लागि किनेको घर जग्गामा धार्मिकस्थल बनाउन सरकारी प्रक्रिया पूरा भएको छ।
इनार खन्न, राजमार्ग निकासका लागि अदालतबाट स्वीकृति पाइसकिएको जानकारी मन्दिर निर्माण समितिले दिएको छ। ढल निकास गर्ने प्रक्रिया चलिरहेको छ।
यसअघि पनि खर्चको कामलाई ध्यानमा राख्दै मन्दिर परिसरमा भदौमा तीज पूजा आयोजना गरिएको थियो। पूजाबाट संकलित रकम मन्दिरलाई अनुदान गरिएको थियो।
त्यसैगरी होली पर्व एवम् गृष्मकालिन पारिवारिक भेटघाट, बालबालिका लागि मनोरञ्जनात्मक कार्यक्रमहरु ग्रिएको थियो। नवदूर्गामा १०८ थालीमा राखिएका जमरा राखिएको थियो। अनगिन्ती सम्भावना बाकेको यस साझा थलोमा गर्न बाँकी कामहरु त्यत्तिकै छन्।
भनिन्छः भगवान सदा भक्तको प्रेममा लालायित हुनुन्छ र भन्नुहुन्छ मलाई केवल प्रेम गर। हो यस हिन्दू बुद्ध मन्दिरलाई पूर्ण रूप दिन संसारभर छरिएर रहेका नेपालीको मायाको खाँचो महसुस भएको छ।
यस मन्दिरको संरक्षण सम्र्बद्धनको दायित्व हामी नेपालीको हो। यो सार्वजनिक सम्पत्तिको सुरक्षा हामी सबैको कर्तव्य हो। सहभागिताले स्वामित्व दिन्छ। स्वामित्व महसुस भएपछि सहयोग गर्न मन तयार हुन्छ।
त्यसैले सबै नेपाली दाजुभाइ दिदी बहिनी आमाबाबुले यस सर्वाजनिक एवम् साझा कामका लागि हातमा हात मिलाऔं। हातेमालो गरौं। अनि स्वामित्व लिऔं।
मन्दिर खर्च व्यवस्थापन एवं मन्दिरको पूर्ण बनाउन श्रीमतभगवद् पूराणको वाचन महापुराण बाचक पण्डित दिनबन्धु पोखरेलले गर्नेछन्।
आफ्नो समयअनुसार आउन सकिन्छ। सहयोग सेवामुखी एवं अर्थमुखी दुवै हुन्छ। आफूले जे गर्न सकिन्छ महायज्ञमा त्यही गरेर सेवा भाव राख्ने हो। जसले मन्दिरलाई ठूलो सहयोग पुग्ने छ।
हामीलाई अरुले गर्ने व्यवहार हाम्रो सरोकार गर्ने विषय होइन। र, परिवर्तन गर्न पनि सकिदैन। त्यो बरु व्यवहारलाई हामीले कसरी लियौं भन्ने पक्ष महत्वपूर्ण हुन्छ भन्नुहुन्छ। त्यसैले हामीले हाम्रो व्यवहार सदा सहयोगी बनाउन सकौं। त्यसैमा सबैको कल्याण हुन्छ।
अतः हाम्रो आस्था र विश्वासको केन्द्र हिन्दू बुद्ध मन्दिरमा आयोजना हुने महापुराण सफल बनाउन सहभागी बनौं। सहयोग गरौ।
मन्दिर परिसमा रहेको भलिबल कोर्ट
तस्वीरहरु नेपाली अमेरिकी कल्चरल सेन्टरको फेसबुक पेजबाट लिइएका हुन्।