न्यूयोर्क अर्टेनी जनरलले राष्ट्रपति ट्रम्पलगायत उनका छोरा छोरीहरू- डोनाल्ड जे ट्रम्प जुनियर , इभान्का ट्रम्प, एरिक एफ ट्रम्प तथा डोनाल्ड जे ट्रम्प फाउन्डेसनबिरूद्ध ‘लगातार अवैध कार्य’ गरेको आरोप लगाई मुद्दा दायर गरेका छन्।
अर्टेनी जनरल बारबरा अन्डरउडबाट दायर मुद्दामा ट्रम्पले पटक पटक आफ्नो गैर नाफामुलक च्यारिटीलाई दुरूपयोग गरेका र आफ्नो व्यवसायको तिर्नुपर्ने रकम चुक्ता गर्न, आफ्नो एउटा गल्फ क्लब सजाउन तथा २०१६ को चुनावी अभियान कार्यक्रमहरुमा समेत एक मिलियन डलर चुक्ता गर्नका लागि उक्त गैर नाफा मुलक च्यारिटी मार्फत 'अवैध कार्य ' गरेको आरोप छ।
अर्टेनी जनरल बारबरा अन्डरउडबाट बिहिवार दायर मुद्दामा डोनाल्ड ट्रम्प जे फाउन्डेसनलाई बिघटन गर्न अनुरोध गरेकी छन्। उनले आफ्नो दायर पत्रमा ट्रम्प जे फाउन्डेसनको सम्पत्तिबाट एक मिलियन अमेरिकी डलर अन्य च्यारिटीलाई वितरण गर्न तथा संस्थाको पुनर्स्थापना र जरीवानासमेत कम्तिमा २ . ८ मिलियन अमेरिकि डलरको क्षतिपूर्तिको माग गरेकी छन्। अर्टेनी जनरल अन्डरउडले ट्रम्पलाई दश वर्षसम्म कुनै पनि अन्य न्युयोर्कका गैर नाफामुलक संस्थामा नेतृत्वदायी पदमा रहन प्रतिबन्ध लगाउ समेत माग गरेकी छन्।