छैठौं ‘मिस नेपाल युएसए २०१८’का लागि २१ प्रतियोगी छानिएका छन्।
बिभिन्न चरणको अडिसनबाट अन्तिम २१ प्रतियोगी छानिएको कार्यक्रम ब्यवस्थापन जिम्मा लिएको अमेरिका नेपाल ११ इन्टरटेनमेन्टले जानकारी दिएको छ ।
अमेरिकाको टेक्सास राज्यको डालस शहरमा १९ अगष्टमा आयोजना हुने प्रतियोगिताको अन्तिम स्पर्धामा अदीति श्रेष्ठ, आइशा ओझा, एन्जिला पौडेल, वर्षा वराल, विएन्का अधिकारी, विना श्रेष्ठ, दिलाशा न्यौपाने, जया त्रिपाठी, कृति ढुंगेल, लाक्पा शेर्पा, नेलिया गुरूङ, पोसा थापा, प्रवेशीका खत्री, प्रियंका तिमिल्सेना, सपना महर्जन, श्रेया नेपाली, सुजना रुपाखेती, सुकृती ढुंगेल, सुशाना पोखरेल, स्विकृति भट्टराई बिच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिले अहिले अन्तिम स्पर्धाका लागि व्यक्तित्व विकास, नेपाली कला संस्कृति तथा पर्यटन विकास, महिला सशक्तिकरण र अधिकारलगायत बिभिन्न विषयमा प्रशिक्षण लिइरहेका छन् ।
सन् २०११ देखि हरेक वर्ष यो कार्यक्रम अमेरिकामा नियमित हुँदै आइरहेको छ।
युवा शशक्तिकरणको नाराका साथ आयोजना हुँदै आएको प्रतियोगिता नेपाली कलासंस्कृति, भाषा तथा पर्यटनको प्रवर्धन गर्नुका साथै वौद्धिक सुन्दरतालाई बढावा दिने रहेको आयोजक संस्थाका संस्थापक अमित शाहले बताए।
‘युवतीको प्रतिनिधित्व मार्फत बिदेशमा पनि नेपाल चिनाउने कार्यक्रमको मुल उद्धेश्य हो,’ उनले भने।
नेपालमा सौदर्य प्रतियोगिताको विकाश गर्न सफल इ प्लानेट प्रा.लिको सहकार्यमा इभेन्ट प्लानेट इन्कले आयोजना गर्दै आएको प्रतियोगिता बर्तिका राई, खुश्वु मिश्र, प्रियंका थपलिया लगायतले जितेका छन्।
विगतभन्दा यस वर्षको प्रतियोगिता अझ भब्य बनाउन अमेरिकाको डलास क्षेत्र वरपर रहेका विभिन्न संघसंस्थाहरुसँग समेत सहकार्य गरिने इप्लानेटका अध्यक्ष सन्तोस सापकोटाले बताए।