लामो समयदेखि पत्रकारिता गर्दै आएर अमेरिकामा बसोबास गरेका पत्रकारहरूले डिसी महानगर क्षेत्रवाट अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ ( INJA) गठन गरेका छन्।
संघीय अवधारणाको मूल उद्धेस्य लिएर बुधबार अमेरिकाको भर्जिनिया राज्यस्थित फेयरफ्याक्समा आयोजित कार्यक्रमबाट संस्थाको स्थापना भएको हो।
अमेरिकामा आयोजित पत्रकार सम्मेलनमार्फत पत्रकार गुणराज लुईटेलको अध्यक्षतामा समिति गठन गरेको छ। समितिमा विदेशी पत्रकारलाईसमेत समेट्दै सल्लाहकार नियुक्त गरेको जनाइएको छ ।
अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (INJA) बिधिवत रुपमा दर्ता भएको छ भने गैर नाफामूलक यो संस्था अमेरिकाको सघीय तथा राज्य सरकारमासमेत दर्ता भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।
विश्वभरी छरिएका नेपालीभाषी पत्रकार, सञ्चारकर्मी तथा पत्रकारका छाता संगठनलाई एक सूत्रमा बाँधी उनीहरूको क्षमता अभिवृद्धि गर्ने, त्यस मुलुकको मुल सञ्चार क्षेत्रमा आबद्ध गराई ब्यवसाहिक पत्रकारिताका लागि पहल र सहयोग गर्ने जस्ता उद्धेश्य संस्थाले लिएको छ।
कुनै संस्था फुटेर नयाँ संस्था स्थापना गरिएको नभएर यो विसुद्ध नेपाली पत्रकारितालाई ब्यवसायिक रूपले अगाडि बढाउन पत्रकारको क्षमता, स्तर र अनुभवलाई अन्तर्राष्ट्रियकरण गर्दै नेपाल र नेपालीहरुको हितमा काम गर्न ‘ईन्जा’ को स्थापना भएको अध्यक्ष लुईँटेलले जानकारी दिए।
पत्रकार सम्मेलनमा अध्यक्ष गुणराज लुइँटेल सर्बसम्मतबाट चयन भएका छन्। यसै गरि समितिको बोर्ड अफ ट्रस्टीमा राम चन्द्र खरेलको सभापतित्वमा वरिष्ठ पत्रकार योगेश उपाध्याय समेत छन्।
उप सभापतिमा सुनिल मणि दाहाल-अमेरिका, बिष्णु शितल- अमेरिका, टंक पन्त- एसिया, मन ऋषि धिताल-अस्ट्रेलिया, अनुराधा पौडेल-युरोप तथा किस्मत भण्डारी- क्यानडा छन्।
यस्तै महा सचिवमा अमेरिकाका शिव बिष्ट, सचिवमा शारदा सिलवाल तथा कोषाध्यक्षमा बाल्टिमोरका सृजन ताम्राकार चयन भएका छन्।
यस्तै सञ्चार निर्देशकमा विजय थापा, संगठन निर्देशकमा किशोर सापकोटा, नीति निर्देशकमा बिष्णु शर्मा तथा प्रविधि निर्देशकमा केशर कार्की मनोनित भए।
यसैगरि समिति सदस्यहरूमा अमेरिकाबाट भुपेन्द्र थापा, विश्वराज थापा, दोव ढकाल, अंकुश नेपाल, तारा भट्टराई, पुनम पौडेल छन् भने दुवईबाट सुबाश शर्मा, नेपालबाट कृष्ण ढुंगाना तथा ओमानबाट बिनेश खनाल छन्।
यस्तै साउदी अरबबाट तेज बहादुर थापा, अमेरिकाबाट सर्बज्ञ वाग्ले, स्विटजर्ल्याण्डबाट विजय शर्मा दर्पण, अमेरिकाबाट राजिव श्रेष्ठ, सरोज केसी, श्रीजना उप्रेती, उमेश शर्मा, पूर्ण बराईली तथा सुनिल हुँमागाई छन्।
यसै गरि सल्लाहकारमा हरि अधिकारी, शेखर ढुंगेल, जर्ज मेसन विश्व बिद्यालयका प्राध्यापक क्रिस्टोफर जे फरेल, सहायक प्राध्यापक जेफ साउथ, एसपीजेका रबिन सिडरस्कि, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल तथा पत्रकार प्राध्यापक घमराज लुइँटेल छन्।
‘विश्वभरी छरिएका सम्पूर्ण नेपालीभाषी पत्रकारहरू, पत्रकारितासँग सम्वन्धित संघ संस्थाहरू सबैलाई नेन्जा स्वागत गर्दछ र पत्रकार र पत्रकारिताको हितका लागि यस महान अभियानमा सहभागी हुन र सहकार्य गर्न सवैमा आव्हान गर्दछु,’ नव नियुक्त अध्यक्ष लुईटेलले भने।