कृसु क्षेत्रीको कवितासंग्रह ‘चराको गीत’ न्युयोर्कमा विमोचन गरिएको छ। अमेरिकाका लागि नेपाली रातदूत अर्जुन कार्कीले न्युयोर्कको ज्याक्सन हाइटमा आयोजित समारोहमा नेपाल सरकारका वाणिज्य दूतसमेत रहेका श्रेत्रीको कविता संग्रह लोकार्पण गरे।
सो अवसरमा क्षेत्रीले आफ्नो कवितासंग्रहमा जीवनका धेरै उतार चढावका विषय समेटिएको जानकारी गराए। ‘मेरो यो कविता संग्रहले शासक र शासित दुवै वर्गलाई सम्बोधन गर्न खोजेको छ,’ उनले भने, ‘मैले ०४३ सालदेखि दोस्रो जनआन्दोलनका केही महत्वपूर्ण मेरा अनुभवलाई यो कृतिमार्फत भन्न खोजेको छु।’
‘म कीर्तिपुरमा माफ माग्दै छु’ भन्ने कर्मचारीका आन्दोलनको दौरान सुनाइएका कवितादेखि शाही शासन कालका तीता अनुभव सुनाउँदै क्षेत्रीले भने, ‘मेरा दाइ, साथीभाइ र सहकर्मीको प्रेरणाले नै मलाई पुस्तक लेखनमा उत्प्रेरित गरेको हो।’
देवकोटा शताब्दी स्वर्ण पदक, राष्ट्रिय युवा प्रतिभा पुरस्कारलगायत पुरस्कारबाट सम्मानित क्षेत्रीका यसअघि थुप्रै कविता संग्रह, गजल, काव्य प्रकाशित भइसकेका छन्।
तस्विर- हाम्रोफोटोडटकम