सर्वाधिक श्रृखंलाको कीर्तिमान राखेको सिनेमा 'नाई नभन्नु ल'को पाँचौ श्रृखंला अमेरिकी शहरहरूमा पनि प्रदर्शन हुने भएको छ। फिल्मका निर्माताद्धय हरिबोल भण्डारी र गौरीराज जोशीले अमेरिकामा आयोजित एक कार्यक्रममा अमेरिकाको एक दर्जनभन्दा बढी राज्यहरुमा चलचित्र प्रदर्शन गर्ने जानकारी दिएका हुन् ।
नेपाल ११ ईन्टरटेन्टमेन्टले अमेरिकाको नेपाली बस्ती रहेको शहरहरुमा प्रदर्शनी गरिने जानकारी दिंदै पहिलो शो टेक्सासबाट शुरु गर्ने जानकारी कार्यक्रममा दिएको छ । करिब सय वटा शो गर्ने लक्ष्य रहेको सो अवसरमा निर्माताद्वयले बताए।
अघिल्ला दुई श्रृखंला पनि अमेरिकामा प्रदर्शन गरिएको थियो। निर्माता हरिबोल भण्डारीले यस चलचित्रबाट आएको मुनाफाको केहि रकम एनआरएनसंग मिलेर सामाजिक काममा पनि खर्च गरिने र अर्को श्रृखला पनि निर्माण गरिने जानकारी दिए ।
त्यस्तै अर्का निर्माता जोशीले डेढ करोडको लगानीमा निर्माण भएकोले निकै राम्रो भएकोले सबै नेपाली समुदायलाई हेरेर सुझाव दिन पनि आग्रह गर्नु भयो ।
हाल नेपालमा प्रदर्शनरत: फिल्म यसवर्ष रिलिज भएका फिल्ममध्ये राम्रो कमाइ गर्ने फिल्ममा बनेको छ।