विश्वका थुप्रै राष्ट्रको शासन प्रणाली खस्कँदो छ। यसले मानिसलाई सुखद जीवनप्रतिको सपना व्यग्र बनाएको छ। मानिसहरु विकसित देश ताकिरहेका छन्।
के विकसित राष्ट्रहरुले बिना कुनै लगानी आप्रवासी र शरणार्थीप्रति सहानुभूति राख्ने नीतिले मात्र त्यस्ता मानिसहरुको सपना पूरा गर्ला? व्यापार र सन्चारले जोडेको गतिवान विश्वमा अपनत्व र विविधतालाई रक्षा गर्न सम्भव छ?
यो साता हामीले युरोप र अमेरिकाका सतहमा जेलिएका प्रश्नलाई ‘वल्र्डपोस्ट’मा सम्बोधन गर्ने जमर्को गरेका छौं। हालसालै इटालीमा बनेको नयाँ राष्ट्रवादी सरकारले शरणार्थी उद्धार गर्ने जहाजलाई समुद्री तटमा रोकिदियो। यता, ट्रम्प प्रशासनले अपनाएको शून्य सहनशीलताको नीतिका कारण अमेरिका सीमा पार गर्ने बित्तिकै बाबुआमालाई छोराछोरीबाट छुट्याएर गिरफ्तार गरिन्छ। नैतिकतामा खडेरी लागेपछि यस्तो कुरा बढ्ने नै भए। अहिले युरोप र अमेरिकामा आप्रवासीहरु संकटको सामना गरिरहेका छन्।
जुनसुकै ठाउँमा भएपनि ‘परिवारसँग म घरभित्र छु’ भन्ने महसुस गर्नु नै मानव हुनुको अर्थ हो। यो भनाइ बहुलवादी दार्शनिक यसैया बर्लिनले शीत युद्ध समाप्त भएपछि हामीसँगको कुराकानीमा भनेका थिए।
पुरुष र महिलाहरु सँस्कृतिको परिणाम मात्र होइनन्। जब पुरुष र महिलाहरुका साथी हुँदैनन्। आफन्त हराउँछन्। कुनै मानिसप्रति नजिक नभएको आभास हुन्छ, बोल्नको लागि मातृभाषा समेत हुँदैन तब मानवको हुनुको अस्तित्व बिलाउँदै जान्छ।
आहिले भइरहेको बसाईंसराईको चाप र आश्रयस्थानको आवश्यकताले बर्लिनको सांस्कृतिक बहुलवादको परिभाषालाई चुनौती दिन्छ। २१ औं शताब्दीको सुरुका वर्षहरुमा यसका अर्थहरु केही भिन्न रुपमा देखा परेका छन्। आप्रवासी र शरणार्थीहरुको फरक सँस्कृतिसँग सहिष्णुताको भाव दर्शाउन र समन्वय गर्न अप्ठ्यारो परिरहेको छ। आप्रवासीको फरक जीवन पद्धतिको संरक्षण गर्नु त परको कुरा भयो। बाँच्ने शैली फरक होस् तर आफूसँगैका साथीहरुसँगै बनाएकोे सम्झनाहरुले मानव हुनुको आभास दिइरहन्छ। साँस्कृतिक बहुलवाद भित्र भिन्न विचारहरुलाई कसरी जोड्न सकिन्छ? बर्लिनले प्रश्न गर्छन्। पश्चिममा विश्वव्यापी उदार सँस्कृति र संकिर्ण राष्ट्रवादबीचको संघर्षको केन्द्रमा यो प्रश्न छ।
यस चुनौतीको समाधान गर्न खास गरी खुल्ला समाजले सीमाको परिभाषालाई सर्वमान्य बनाउने सुरुवात गर्नैपर्छ। अन्यथा समाजलाई जोडिराख्ने तत्व हुँदैन। सबै राज्यहरुलाई सीमा नियन्त्रण गर्ने, आप्mनो समुदायमा अरुलाई ठाउँ दिएर समृद्धि र शिक्षा प्रणालीलाई बलियो बनाउने अधिकार हुन्छ। यसरी ठाउँ दिए बापत केही मान्यताहरुको पालना गर्दै सबैको फाइदाका लागि अर्थतन्त्रमा योगदान पु¥याउन कर तिर्नुपर्ने हुन्छ। यदि नियम कानुन कामै नलाग्ने, खोक्रो र सहमत नै हुन नसकिने खालको छ भने राज्य र आप्रवासीबीच पर्खाल खडा हुन्छ।
यूरोप र अमेरिकामा अहिले यही कुरा देखा परेको छ। यूरोपमा इतिहास देखि नै परिभाषित आफ्नो पहिचान छ। अमेरिकाको सन्दर्भमा यो देश आप्रवासीको भाष्यद्वारा निमार्ण भएका हो।
इटालीले पछिल्लो चरण शरणार्थीको व्यापक संकट भोग्दै आएको छ भन्ने कुरा इटालीका पूर्व प्रधानमन्त्री माटियो रेन्जी स्वीकार्छन्। यूरोपको आत्मसम्मान बचाउनका लागि इटालीले आप्रवासीलाई स्वागत गर्छ। तर, यूरोपका अन्य देशहरुले रोक्छन्।
रेन्जी लेख्छन्, ‘चीनले पछिल्लो समय अफ्रिकामा गरिरहेको लगानी जस्तै यूरोपले पनि लगानी गर्नैपर्छ।’
बसाईसराईंलाई नियन्त्रण गर्नका लागि युरोपियन यूनियनले उसका सदस्य राष्ट्रलाई दिँदै आएको साहायता रकमको कटौती गनुपर्छ। जस्तो पूर्वी युरोपेली देशहरुले आप्रवासीलाई स्वागत गर्दैनन् त्यसैले पनि सहायता बन्द नै गरिनुपर्छ। र, जसरी युरोपियन युनियनले वित्तमा एकरुपता ल्याएको छ, त्यसरी नै आप्रवासीलाई स्वागत गर्ने कुरामा एकरुपता ल्याउनुपर्छ।
पूर्व बेलायती परराष्ट्र सचिव र हाल अन्तराष्ट्रिय उद्धार समितिका अध्यक्ष, डेभिड मिलिब्यान्ड भन्छन्, ‘इटाली, ग्रिस र स्पेन मात्र यूरोपका आप्रवासीका लागि जिम्मेवार हुनु भनेको अनुचित हो। आप्रवासीको मुद्दामा पुरै युरोपियन यूनियनका सदस्य राष्ट्रले समान जिम्मेवारी बहन गर्नुपर्छ।’
उनको पहिलो तर्क छ, ‘डुबलिन नियमावली’को सुधार र संशोधनका लागि यूरोपियन युनियनका नेताहरु संवेदनशील भएर एक ठाउँमा उभिनुपर्छ। किनभने उक्त नियमावलीमा शरणार्थी वा आप्रवासी आश्रयको लागि जुन देशमा पुग्छन्, त्यही देशले मात्र उनीहरुको जिम्मेवारी लिनुपर्छ भनेर लेखिएको छ।
उनको दोस्रो तर्क छ, प्रभावकारी शरणार्थी पुनस्र्थापना कार्यक्रमको थालनी गरिनुपर्छ। यस कार्यक्रमले व्यवस्थित र योजनावद्ध तरिकाले शरणार्थीलाई सुरक्षित देशमा स्थानान्तरण गर्छन्। आप्रवासीलाई बेवारिसे तरिकाले नछोड्नको लागि यो कार्यक्रम चाहिन्छ।
उनको तेस्रो तर्क छ, शरणार्थीहरु जसको घर सुरक्षित हुँदाहुँदै पनि आफू बस्दै आइरहेको थातथलोमा बस्न चाहेनन् भने तिनीहरुले सुरक्षित आश्रयको खोजी गर्न पाउने कानुनी अधिकार पाउनुपर्छ।
कानुनी रुपमा काम गर्न युरोप आएका आप्रवासीहरु युरोपको इतिहाससँग लामो समयदेखि जोडिएका छन्। प्रायः युरोपेली देशहरुलाई आप्mनो जनसंख्या मिलाउन पनि धेरै आप्रवासी भित्र्याउनु पर्छ। त्यसैले मानिसहरु युरोप आउन जानको लागि पार गनुपर्ने प्रणालीले महत्वपूर्ण अर्थ राख्छ। र, यूरोपेली युनियन त्यसमा प्रतिवद्ध छ। त्यस्तै युरोपियन युनियन आफ्नो दक्षिण र पूर्वी छिमेकीको आर्थिक विकासमा पनि प्रतिवद्ध छ। यो सही तरिका हो तर यसको लागि लामो बाटो हिँड्नुपर्छ।
फेरि अमेरिका फर्कौं, सेन ड्यानी फ्यान्सटिइनले विधेयक प्रस्ताव गरेका छन्। जसमा छोराछोरीले आप्mनो बाबुआमासँग छुट्टिनुपर्दैन। यो विधेयकमा छोराछोरीहरुले आफ्नो बाबुआमासँगै बस्छु भन्ने अनुरोधमा विचार गरिने प्रावधान छ। योबाहेक उनको ध्यान सीमाको समस्या समाधान गर्नका लागि पनि छ।
आप्रवासीहरु आफ्नो देशको अत्यासलाग्दो वातावरणबाट निस्कन खोज्छन्। त्यसैले जबसम्म हामीले उनीहरुको देशलाई सुरक्षित बनाउन सहयोग गर्दैनौं, तबसम्म कुनै पनि नीतिले उनीहरुलाई हाम्रो देशमा आउनबाट रोक्न सकिँदैन। क्यालिफोर्नियाका सिनेटर लेख्छन्, ‘धेरैलाई आफ्नो देशमा रहनु जीवन र मरणको सवाल भएको छ।’
सहयोगको सुरुवातमध्ये अमेरिकी देशहरुबाट गर्न सकिन्छ। त्यसको पहिलो कदम स्वरुप उक्त देशहरुमा जीविकोपार्जनका लागि स्थिर वातावरणको निमार्ण गर्न सक्छौँ। अमेरिकाको राज्य संयन्त्रले सुरुमा एल साल्भाडोर, होन्डुरस र ग्वाटेमालाका सरकारहरुसँग मिलेरे शासन व्यवस्था सुधार गर्न सक्रिय भएर लाग्नु पर्छ। उनीहरुको आन्तरिक विवादलाई मिलाउँदा धेरै बालबालिका र तिनका परिवार आफ्नो घर फर्कन सक्छन्।
अहिलेको समयमा मिडियाको ध्यान यूरोप र अमेरिकामा केन्द्रित भए पनि विश्वका अधिकांश शरणार्थीहरु दक्षिण एसियामा छन्। बङ्गलादेशबाट जेम्स लिन्स लेख्छन्, ‘मुसलमानी रोहिंज्या समुदाय नागरिक हैसियतमा उनीहरुको गृहभूमि म्यानमार फर्कन पाउनुपर्छ। म्यानमारमा बौद्ध धर्मसम्प्रदायको बाहुल्यता छ।’
उनको नारा छ, ‘सुरक्षा र आत्मसम्मान सहित पुनरागमन।’
धेरै शरणार्थीहरु आफ्नो देशबाट लामो समय टाढा बस्नुपर्ने हुन्छ। त्यसैले पनि अलेक्जेन्डर बिट र पल कोलेयरले शरणार्थी शिविरलाई आत्मनिर्भर बनाइनुपर्छ भनेर प्रस्ताव गर्छन्। त्यसको सबभन्दा राम्रो ढाँचा उत्तर–पश्चिमी केन्यामा देख्न सकिन्छ, त्यहाँ सोमालिया र दक्षिणी सुडानका कालोबेई समुदायको शिविर छ। उक्त शिविरका शरणार्थीहरुलाई नगद वितरण गर्नुका साथै बजार र कृषिको लागि छुट्टै जमिनको व्यवस्था गरिएको छ।
अन्त्यमा,
शरणार्थीलाई अन्तराष्ट्रिय आर्थिक सहयोगको पूर्ति गर्न ओलिभाया क्युनले नयाँ अभ्यासको सम्भावना देखेकी छिन्। त्यसैले उनी मुसलमान समुदायभित्रको जकात वा भिक्षा दिने प्रथातिर फर्कन्छिन्। एकीकृत जकात संग्रहका मार्फतबाट स्रोतको संकलन गर्न सकिन्छ। धार्मिक अनि गैरसरकारी संस्था प्रणालीबाट स्रोत जम्मा गर्दा बढ्दो शरणार्थी संकटलाई समाधान गर्न सहयोग पुग्न सक्छ। एकीकृत जकात कोषको अनुमान र वितरण पारदर्शी रुपले गरिनुपर्छ। र, विश्वका जुनसुकै भागबाट पनि जकात कोषसँग जोडिन सहज वातावरण बनाउनुपर्छ।
वासिंटनपोस्टडटकमबाट अनुदित