अमेरिकाको मेरिल्यान्ड राज्यको उत्तर-पूर्वी सहर एबरडिनको `राइट एड’ वितरण केन्द्रमा बिहिबार बिहान अचानक चलेको गोलीबाट कम्तिमा तीन मानिसको मृत्यु भएको एसोसिएटेड प्रेस (एपि) ले जनाएको छ। उक्त घटनामा अन्य धेरै घाइते भएको समेत जनाइएको छ। राइट एड अमेरिकाको औषधी बिक्री गर्ने एउटा ठूलो स्टोर हो।
एक शङ्कास्पद व्यक्तिलाई हिरासतमा राखिएको र गंभीर अवस्थामा अस्पताल भर्ना गरिएको हार्डफोर्ड काउन्टीका शेरिफ जेफरी आर गहलरजे पत्रकार सम्मेलनमा जानकारी दिएका छन।घटनाको प्रारम्भिक जानकारी दिने क्रममा घटनामा कती ब्यक्तीकोमृत्यु भयो भन्ने अनुसन्धानमा रहेको बताए। तर एसोसिएटेड प्रेस रसीएनएनले कम्तीमा पनि तीन ब्यक्तीको मृत्यु भएको खवर प्रसारण गरेको छ ।
त्यस घटनामा एउटा हतियार प्रयोग भएको हुन सक्ने अनुमानगरीएको र सुरक्षाकर्मीहरुले कुनै फायर गर्नु नपरेको, शेरिफले प्रेसब्रीफिङमा जानकारी दिएका थिए। यती बेला त्यस क्षेत्रमा कुनैअतिरिक्त खतरा हुने आफुले नठानेको समेत बताए।
घटनाका घाईते चार जनालाई बाल्टीमोर स्थित जोन्स ह्याप्किन्स मेडिकल सेन्टरमा लगिएको अस्पतालको ट्रोमा मेडिकल निर्देशक डारेमन्ड फाङ्गले पत्रकार भेटमा जानकारी दिएका छन। उपचारकालागी ल्याईएका सबै वयस्क रहेको र केहिलाई आवश्यक सर्जरी गर्नुपर्ने, उनले पत्रकारहरुलाई जानकारी गराए।
राइट एडका एक प्रवक्ता सुसान हेन्डर्सनका अनुसार, राइट एडकोयस वितरण केन्द्रले करीव १ हजार जनालाई रोजगारी दिन्छl