सेप्टेम्बर १६, २०१८
कूलिज कर्नर थिएटर
प्रश्न सोधिसकेपछि जवाफसम्म पुग्ने बाटो प्रश्न आफैँले खोज्छ। ४० वर्षअघि ‘इन्ग्रिड बर्गम्यान’ले ‘अटम सोनाटा’को स्क्रिप्ट हेरेर ‘इंगमार बर्गम्यान’लाई केही प्रश्नहरु सोधिछन्।
‘लिभ उल्म्यान’ले त्यो क्षणको सम्झनामा भनिन्, “लेखकहरु आफूलाई प्रश्न गरेको मन पराउँदैनन्। त्यो लेखक इंगमार बर्गम्यान हो भने त झन्...” उनको बोली छोप्नेगरी हल हाँसो र तालीले गुञ्जियो। धेरैलाई थाहा छ ‘लिभ’ र ‘इंग्मार’ को ‘पर्सनल’ र ‘प्रोफेसनल’ लेभलमा गहिरो सम्बन्ध थियो। हाँस्दाखेरी ताली पनि सँगसँगै बजाउनुमा मलाई बेग्लै आनन्द लाग्छ। मैले पनि अरुले जस्तै हाँस्दा हाँस्दै ताली बजाएँ। मलाई त्यो प्रश्नको कुराले राम्ररी छोइदियो। दाइनेपट्टीको सीटमा समुना जी पनि त्यसरी नै हाँसो र तालीको कोरसमा मिसिएकी थिइन्। अगाडि ‘लिभ’ भन्दै थिइन्, “तर मैले कहिल्यै इंगमारलाई प्रश्न गरिनँ। प्रश्न गर्थेँ भने ती फिल्महरुमा मैले त्यसरी काम गर्न सक्दिनथेँ।”
“एउटा डान्सर हावामा उफ्रिन्छ र २ सेकेण्ड बढि अडिन्छ, त्यो आर्ट हो।” ‘लिभ’को यो भनाईले समुना जीलाई जति छोएको थियो, मलाई पनि त्यति नै छोएको हो। ‘अटम सोनाटा’को ‘स्क्रीनिङ्’ पछि उनलाई देख्दा उनका वरपर लाखौँ ताराहरु चम्किएका थिएनन्, आँखा टट्याउने उज्यालो थिएन। उनले रातो ‘गाउन्’ लगाएकी थिइन्। स्टेज पछाडिको पोस्टरको ‘वार्म टोन्’ अनि मधुरो बत्तिले उनलाई झन् साधारण देखाइदिएको थियो। उनी हामीजस्तै देखिएकी थिइन्।
...
सेप्टेम्बर २५, २०१८
कुंगफु टी, माल्देन डाउनटाउन
समुना जीलाई सम्झाएँ प्रश्नका कुरा अनि निर्देशक र अभिनेत्रीको ‘क्रियटिभ रिलेसनसिप’का कुरा। एउटा भ्रम थियो, टुट्यो भन्ने कुरा सुनाइन्। त्यसका आयामहरुमा ‘नबिन सुब्बा’को भर्खरैको अन्तर्वार्ता जोडियो, ‘क्रेजी रिच एसियन्स्’का कुरा जोडिए, अरु धेरै कुरा सँगसँगै आए। लामो संघर्षपछि सफल भएका मान्छेहरुसँग जोडिने एउटा मात्रै कुरा भेटियो भने पनि ती मान्छे आफूसँग धेरै नजिक छन् जस्तो लाग्छ भनिन्। मैले सन्दर्भ जोडेको थिएँ ‘लिभ उल्म्यान’ले फिल्म र रंगमञ्चमा गरेका केही कामहरुको। ‘अ स्ट्रीटकार नेम्ड डिजायर’ र ‘मिस जुली’ का कुरा भए।
राम्रो कलाकारले कुनै न कुनै मोडमा यी दुई नाटक गरेकै हुन्छन् भनिन् उनले। यी दुइटै एकदमै ‘युनिभर्सल’ र ‘रिलेटेबल्’ छन् भन्ने कुरा धेरैलाई थाहा छ। आफूले गरेको काम ‘लिभ उल्म्यान’ र अरु प्रसिद्ध मान्छेहरुले पनि गर्छन् र त्यसरी पनि उनीहरुसँग आफू ‘कनेक्टेड्’ भइराखिन्छ भनिन्। मेरोपनि यस्तै विचार हो। कैयौँ संयोगहरुसहित मपनि यसैगरी धेरै कुराहरुसँग जोडिएको छु। कलाकारले सोच्दा फरक किसिमले सोच्छन्। अलि गहिराईमा सोच्छन्। सोचाईका रेखाहरुले कसरी चित्र बनाउँदा रहेछन् जान्न मन लागेको थियो मलाई।
“हरेक कुराको ‘फसर््ट इम्प्रेसन’ हुन्छ र त्यसलाई विश्वास गर्नुपर्छ। स्क्रिप्ट पढेपछि त्यसलाई विश्वास गरिन्छ, नकारिन्छ, वैकल्पिक विचारहरु खोजिन्छ, सम्भावनाहरु होलान् भनेर चहारिन्छ र सबथोक गरिसकेपछि झल्याँस्स भइन्छ, आखिर त्यहि पहिलो ‘इम्प्रेसन’ नै सत्य थियो।”
यसरी अभिनयको ‘प्रोसेस’को बारेमा मलाई आजसम्म कसैले भनेको थिएन। मलाई उनको कुरा सुनिरहन मन भयो।
“‘मेडिटेसन’मा पनि त्यस्तै हो। आफूलाई पहिचान गर्ने। ठाउँहरुका बारेमा पनि मेरो त्यहि अनुभव हो।”
“ठाउँहरु पनि?”
“अँ। अमेरिका इज् अल् अबाउट ‘फ्लेवर’ एण्ड ‘फ्रेग्रेन्स’। त्यो ‘फसर््ट इम्प्रेसन’ हो। ३ वर्ष बित्यो तर अझैपनि यो देशमा ‘फ्लेवर’ एण्ड ‘फ्रेग्रेन्स’ भेटिन्छ।”
पहिचानको विषयमा कलाकार कति सचेत हुनुपर्छ भन्ने कुरामा “क्रेजी रिच एसियन्स” को कुरा आयो।
“होल कास्ट चाइनिज रैछ। हामीले ‘रियलाइज’ नै गरेनौँ। नाऊ दे आर मेकिङ् इट अ ‘बिग डील’।”
“हो त। ‘बिग डील’ नै रैछ। उहिले उहिले गोरा कलाकारले नै आँखा चिम्सो बनाएर गर्थे ती रोलपनि। इस्ट एसियनहरुलाई अमेरिकी फिल्ममा कसरी देखाइन्छ भन्ने कुरा बुझाउनलाई ‘एल्लोफेस’ भन्ने ‘टर्म’ नै रैछ। एउटा जापानी एक्टरको बारेमा पढेको थेँ ‘टेलिग्राफ’मा। त्यो एक्टर गोरो वर्णको थियो भने सुपरस्टार मानिन्थ्यो। तर उसको क्षमता अनुसार उसलाई ‘पोट्र्रे’ गरिदिएनन्, ‘स्टेरिओटाइप’ बनाइदिए।”
एउटा औसत फिल्म भइकन पनि पहिचानको सवालमा त्यो महत्वपूर्ण थियो भन्ने हामीलाई लागेको थियो।
“अब यसपछि अलि अर्थपूर्ण फिल्म बनाए भने राम्रो हुने हो। तर यतिञ्जेलसम्म किन बनेन भन्ने कुरा पनि छ फेरी। चाइनिजसँग पैसा नभाको हैन, ‘ट्यालेन्ट’ नभाको पनि हैन।”
“यस्तो पनि होला। प्रयास त केही न केही भाको थ्यो होला। तर त्यहि अलि ‘ग््रयाण्ड’ बनाएर ‘मास’मा गएपछि धेरै ‘इम्प्याक्ट’ परेको देखिने हो, नत्र ‘मिनिङ्फूल’ काम गरेर पनि त्यो काम अडियन्ससम्म राम्ररी पुगेन भने त मजा भएन नि त।”
पहिचानको कुरामा सचेत हुने बाहेक अरु के कुरा होलान् जसले एउटा राम्रो एक्टर हुने बाटो बनाउँछ? यो प्रश्नको जवाफमा धेरै कुराहरु १,२,३ भन्दै भन्न सकिएला तर मलाई यसको तार कतै पुगेर साधारण हुनसक्ने गुणसित जोडिन्छ कि भन्ने लागिरहेको थियो। उनले यसलाई पनि विस्तारमा बुझाइन्।
“टिलिक्क हुने, ‘ग््रयाण्ड’ देखिने भनेको त अन्त्यहीन् प्रकिया हो। ह्वाट् रियल्ली म्याटर्स इज ‘सिम्प्लिसिटी’।”
“सिम्पल हुने भनेको धरातल नबिर्सिने भनेको हो?”
“यू गो एभ्रीह्वेर एण्ड कम् ब्याक टु होम् भनेजस्तै हो। एउटा रोल गरिसकेपछि फर्किनु पर्छ। दुई इञ्च माथि पुगेपछि ओर्लिनु पर्छ। ओर्लेर फेरी अर्को २ इञ्च माथि चढ्नलाई तयार हुनुपर्छ भनेको हो। इफ यू आर नट अ सिम्पल पर्सन, हाऊ क्यान यू बी एन् एक्टर?”
...
१९७८, स्वीडेन।
हामी जन्मिनुभन्दा लगभग एक दशक अघि।
टाइट फ्रेम। अधिकांश क्लोज सट्स।
‘अटम सोनाटा’
सिनेमाका दुई महत्वपूर्ण बर्गम्यानहरु (इंग्मार र इन्ग्रिड)ले सँगै काम गरेको एउटा मात्रै फिल्म। फिल्मको ‘कन्टेन्ट’ नै यति उकुसमुकुस हुने खालको छ – ‘बर्गम्यान’ले सिर्जेका ‘टाइट फ्रेम’, ‘लङ् टेक’ अनि सासै फेर्न नभ्याउने गरी सुन्नु पर्ने संवादहरु, सबैले अडियन्सको ‘इन्भल्भमेन्ट’ खोज्छन् एकदम धेरै। समुनाजीले कुनै कुनै ठाउँबाहेक फिल्ममा प्रयोग भएको ‘सबटाइटल’ हेरिनछन्। फिल्मको ‘कन्टेन्ट’को हिसाबले एक्टरहरुको ‘इमोसनल एक्जिबिसन’ कति ‘युनिभर्सल’ हुन्छन् भनेर जान्नलाई एउटा प्रयोग गरेको भन्थिन्। त्यसरी हेर्दा मज्जाले ‘रिलेटेबल’ भयो भनेपछि मलाई रमाइलो लाग्यो। मैले चाहिँ ‘मेकिङ्’को हिसाबले केही अर्थपूर्ण कुराहरु भेटेँ फिल्मभरी। आमाछोरीको संवादमा बिगतदेखि गाँठो परिबसेका कुराहरु फुक्दै थिए विस्तारै। कुनै बिन्दुमा एउटा विस्फोट हुनु नै थियो। त्यो जुन ‘लोकेसन’मा भयो, मलाई अर्थपूर्ण लाग्यो। आमाछोरीमा धेरै औपचारिकता देखिन्थे अनि ती औपचारिकताहरु घरभित्रैका अरु ‘लोकेसन’हरुमा भइरहेका थिए। तर ‘आइसब्रेक’ हुने ‘लोकेसन’ चाहिँ किचेन थियो। हत्पती किचेनमा त्यति गहु्रंगा संवादहरु भएको देखिन्न फिल्ममा। ‘लोकेसन’को ‘एक्सप्लोरेसन’मा निर्देशकको ‘सेन्सिबिलिटी’ मलाई गजब लाग्यो। “तिमीलाई कस्तो लाग्यो?” सोधेँ समुनाजीलाई।
“त्यो संवाद यदि आमाको घरमा हुन्थ्यो भने उसको ‘स्टुडियो’ या ‘मेकअप रुम’ या घरभित्रै पनि उसको ‘पर्सनालिटी’ देखिने अरु कुनै ‘लोकेसन’मा हुन्थ्यो।”
“तिमीले काम गरेका निर्देशकहरु दृश्यको गम्भीरता अनुसारको ‘लोकेसन’ प्रयोग गर्ने कुरामा कत्तिको ‘सेन्सिबल’ थिए?”
“थिएनन्।”
“त्यसरी सोच्ने फुर्सद नै थिएन उनीहरुसँग। थियो भने पनि उनीहरुले मसँग राम्ररी ‘कम्युनिकेट’ गरेनन्। म आफैँपनि त्यस्तोविधी सचेत थिइनँ यस्ताो कुरामा।”
“स्ट्रीटकार नेम्ड डिजायर गर्दाखेरी ‘इलम’ले मलाई धेरैकुरा सोधेको थियो ‘क्यारेक्टर’को विषयमा। त्यतिखेर यहि ‘लोकेसन’को विषयमा पनि केही कुराचाहिँ भएको थियो कि जस्तो लाग्छ, ‘क्लीयरली’ त हैन तर अलि ‘भेग्ली’।” मलाई समुना जीसँगै आफूले खेलेको त्यो नाटकको सेट याद आइदियो। त्यसमा घरभित्रैका ‘लोकेसन’हरु ‘डिफाइन्ड’ थिए।
फिल्ममा त्यसरी ‘लोकेसन’ ‘डिफाइन’ गर्ने कुरामा उनले भनिन्, “एउटै घरभित्र कति धेरै ‘स्पेस’हरु हुन्छन्, तिनको आफ्नै महत्व हुन्छ। बाथरुम होला, भर्याङ् होला। ‘स्पेस’ ‘एक्सप्लोर’ गर्नको लागि समय चाहिन्छ, स्क्रीप्ट लेख्नेले पहिला बाथरुम लेख्नुपर्यो, बाथरुम भित्र क्यामेरा र लाइटको लागि कसरी के गर्न सकिन्छ सोच्नु पर्यो।”
कुरा एकदम ठीक हो। ‘नवीन सुब्बा’ले पनि भनेकै थिए स्क्रीप्टदेखि गएर बजारसम्म पुग्नुपर्नेमा बजारदेखि स्क्रीप्टसम्म पुग्ने उल्टो बाटो हिँडिराखेको कुरा। समयको कुरामा उनलाई ‘स्टुडियो सेभेन’का ‘प्रडक्सन’हरु याद आए। ती त्यसै महंगा हुने हैनन्। तिनमा रिहर्सल नै महिनौँसम्म चल्थे। उनी आफैँले भोगेको कुरा हो त्यो।
“आफूले गर्ने ‘क्यारेक्टर’को ‘ग्राफ’ कसरी बनाउँछ्यौ? बिल्कुलै नयाँ केही उत्खनन् गरेर निकाल्ने हो कि आफ्नो जीवनसँग केही गरी जोड्ने हो?”
“मभित्र ‘मल्टिपल पर्सनालिटिज्’ छन्। तिनैमध्येको कुनचाहिँ मेरो रोलको लागि सुहाउँदो छ, त्यो खोज्थेँ। हरेक रोलका लागि कुनै न कुनै ‘पर्सनालिटी’ बलियो या कमजोर भएको हुन्थ्यो। अबचाहिँ आफूभन्दा बाहिरपनि खोज्नुपर्छ भन्ने लाग्दै छ। ‘अब्जर्भेसन’को दायरा अलि फराकिलो बनाउन मन छ। कुनै एउटा मान्छेको ‘फिजिकालिटी’ मात्रै लिएँ भनेपनि कमसेकम मैले गर्ने रोलमा मबाहेक अर्को मान्छेको पनि ‘इन्पुट’ छ भन्ने ठाउँ देखिन्छ।”
“त्यसले अझ बढि ‘कनेक्सन’ देखिने भो।”
“अँ।”
“मलाई यो कुरामा ‘लिभ उल्म्यान’लाई जोड्न मन लाग्यो। जस्तै, उनले आफूले गर्ने ‘क्यारेक्टर’को लागि आफ्नो जीवनका घटनाहरुमा ‘इन्स्पिरेसन्’ खोज्थिन् र ‘रिलेट’ हुने केही भेटेपछि त्यसलाई ‘एक्ज्याजरेट्’ गर्थिन्। मलाई कस्तो ‘इन्ट्रेस्टिङ्’ लाग्यो त्यो ‘अप्रोच’।”
“४० वर्षपछि हेर्दाखेरी त्यो ‘क्यारेक्टर’ ‘एक्ज्याजरेटेड्’ हो भन्ने ऊ आफैँलाई पनि लाग्यो।”
“तर तत्समयमा त द्याट् वाज अ वन्डर्फुल अप्रोच।”
“अँ। आर्ट इज अल्वेज लार्जर देन लाइफ नै हो। यू फाइन्ड योर ओन मिडियम टू मेक इट लार्ज। बोलीले देखाउने हो कि, ‘जेस्चर’ले देखाउने हो कि,
‘इमोसन’ले देखाउने हो।”
“ह्म्म्म्... एण्ड हाऊ डिड् यू लाइक ‘इन्ग्रिड बर्गम्यान’?”
“आइ लभ्ड हर।”
“अँ, मलाई पनि गजब लाग्यो। ‘इन्ग्रिड बर्गम्यान’ त्यो उमेरको हुँदाको फिल्म मैले हेरेको थिइनँ। ‘क्यासाब्लान्का’ अनि अरु फिल्महरुमा पनि, उस्तै खाले हेयर स्टाइल, वार टाइम सेटिंग। मलाई त याद पनि छैन अरु कुन कुन हेरेँ भनेर। बट्, ‘अटम सोनाटा’मा मलाई गजब लाग्यो।”
‘लिभ उल्म्यान’को ‘क्यारेक्टर’को चाहिँ ‘डेभेलपमेन्ट’ देखिएको छ, ‘इन्ग्रिड’को चाहिँ ‘डाइमेन्सन्स्’ देखिएको छ – एज अ मदर, एज अ पर्फमर, ऊभित्रको ‘गील्ट’, अनि ‘गील्ट’लाई लुकाउने प्रयास। कति धेरै ‘डाइमेन्सन्स्’। डाइरेक्टरको ‘पोइन्ट अफ भ्यू’ पनि होला कुन ‘क्यारेक्टर’लाई कति ‘डेभेलपमेन्ट’ दिने, कति ‘डाइमेन्सन्’ दिने भन्ने। राइटरको होला।”
“यसमा त राइटर–डाइरेक्टर झन् एउटै।”
“भनेसी त झन् ‘त्यो पोइन्ट अफ भ्यू’ बलियो भो।”
“अँ।”
“आई लाइक्ड ‘इन्ग्रिड’ ओभर ‘लिभ’। मलाई ‘डेभेलपमेन्ट’भन्दा ‘डाइमेन्सन्’ मन पर्छ। ‘डेभेलपमेन्ट’ त यतिसम्म भनेपछि सकिएला तर ‘डाइमेन्सन्’ कसरी सकिन्छ? ‘डेभेलपमेन्ट’को ‘प्रोसेस’मै ‘डाइमेन्सन्’को लागि सम्भावनाहरु हुन्छन्। ‘डाइमेन्सन्’ सहितको ‘डेभेलपमेन्ट’ भए झन् गजब। त्यहि भएर मलाई ‘इन्ग्रिड’को ‘क्यारेक्टर’ मन पर्यो।”
त्यसपछि मसँग प्रश्नका विषयमा केही प्रश्नहरु थिए उनीसित सोध्नका लागि। लेखकहरु आफूलाई प्रश्न गरेको मन पराउँदैनन्। मलाई पनि कतिचोटी मन परिरहेको हुन्न। यो कुरा आउने बित्तिकै हामी दुवै हाँस्यौँ।
”यसमा तिम्रो ‘इन्साइट’ थाहा पाउन मन लाग्यो।”
“बेसिकल्ली, राइटर मात्रै हैन अरु आर्टिस्ट पनि, दे डोन्ट लाइक टू बी आस्क्ड। कतिवटा ‘एक्जिस्टेन्स’लाई ‘च्यालेन्ज’ गरेर त्यसरी काम गरेको हुन्छ, ‘कसैले फ्याट्ट केही सोधिदिने हो त !’ भन्ने हुँदोरहेछ। तिमीलाई पनि सोधेको मन पर्दैन। तिम्रो दुईखाले जान्छ नि लेखाई, एउटा आफ्ना कुराहरु, अर्को ‘रेफेरेन्स’हरु। मलाई ‘रेफेरेन्स’वाला आयो भने झ्याऊ लाग्छ, तिम्रो आफ्नो आउँदाखेरी मन पर्छ।”
“अँ, मलाई चाहिँ त्यो ‘रेफेरेन्स’वाला कुरामा प्रश्न गर्नुभन्दा लेखेको कुरामा ‘इन्भिजिबल थ्रेड’हरु खोजेर त्यसलाई ‘फलो’ गरिदिए हुन्थ्यो भन्ने लाग्दो रहेछ।”
“धेरैजना ‘फ्ल्याट’ हुने पनि त्यसमै हो नि फेरी।”
“त्यो त हो।”
“‘फलो’ त गर्ने, तर कति चाहिँ ‘फलो’ गर्ने के? कति धेरै ‘रेफेरेन्स’ हुन्छन्। तर फेरी ती ‘रेफेरेन्स’हरुले नै अरु कति कुरा खोज्ने मान्छेलाई त सहयोग गर्छ, त्यो पनि छ।”
“अँ, मेरो ‘रिडरसिप’ त्यसैगरी शुरु भएर पनि होला। कति राइटरले ‘मेन्सन’ गरेका कुराहरु ‘फलो’ गरेरै मैले यहाँसम्मको यात्रा गरेँ। मलाई चाहिँ ती ‘रेफेरेन्स’हरुलाई कसरी ‘प्रेजेन्ट’ गरिएको छ भन्ने कुराले फरक पार्छ जस्तो लाग्छ। तर प्रश्नको कुरामा... अँ, प्रश्न गर्नु त पर्छ होला।”
“सो ‘इन्ग्रिड’ आस्क्ड एण्ड आई लाइक्ड हर। एण्ड सी ह्याड ‘डाइमेन्सन्स्’। इट्स बेटर टू आस्क। आफैँलाई त झन् धेरै सोधिरहनुपर्छ।”
सत्य हो। आफैँलाई सोधिएन भने त आफ्ना ‘डाइमेन्सन्स्’ कसरी थाहा पाउने फेरि!
“कुनै कलाकार यसरी ४० वर्षपछि स्क्रीनिङ्को बेला आफैँ उपस्थित हुने ‘कन्सेप्ट’ कस्तो लाग्यो तिमीलाई?”
“इट्स एन ‘इन्क्रेडिबल’ आइडिया। सी, हाऊ आर्ट इज कन्टेम्पोररी। इफ आर्ट इज कन्टेम्पोररी, आर्टिस्ट इज अल्सो कन्टेम्पोररी।”
“कस्तो राम्रो कुरा भन्यौ।”
“अनि ‘लिभ उल्म्यान’ स्टेजमा हुँदा ४० वर्षको जस्तो मात्रै लाग्याथ्यो मलाई। स्टेजको पावर हेर, लाइटिङ्को पावर, क्यामेराको पावर। बाहिर आउँदा आई स हर, सी वाज् सो ओल्ड, काम्दै थिई।”
‘फुल हाउस’ अडियन्समा समुना जी र म मात्रै थियौँ होला तन्नेरी। कतिले त १९७८ मा रिलिज हुँदा नै हेरेका थिए होला त्यो फिल्म।
“वी आर ‘ओल्ड सोल्स’ एनिवे।”
‘ओल्ड सोल’कै कुरामा समुना जीले “क्रेजी रिच एसियन्स” की अभिनेत्री ‘कन्सटेन्स वु’ लाई मेन्सन गर्न चाहिन्।
“सी इज अनादर ‘ओल्ड सोल’। सी वाज् दी वान हू ब्रट द ‘सटल्टी’ इन् द्याट मुभि। सी इज् अनादर टपिक अफ माई इन्ट्रेस्ट।”
....
सेप्टेम्बर २८, २०१८
सेन्ट्रल प्लेस अपार्टमेन्ट्स
युनिट ३०५
हामीले काम भनेको धर्म हो भन्ने सुनेका छौँ। धर्म भनेको इमान हो भन्ने थाहा पाएका छौँ। धर्म भनेको असल नियत हो भन्न सक्ने आधार पनि भेटेका छौँ। धर्म भनेको कर्मकाण्ड हैन भन्ने बुझेका छौँ। कर्मकाण्डहरु त समय अनुसार परिमार्जन भइरहने कुरा हुन्। तर धर्म शुद्ध हुनुपर्छ। धर्म शुद्ध हुनुपर्छ भनेको नियत असल हुनुपर्छ भनेको हो। “फिल्म बनाउनुपनि धर्म हो” भनेकी थिइन् समुना जीले। कुनैपनि फिल्ममा फिल्म बनाउनेको नियत देखिन्छ। “अनि यति प्रस्टसँग देखिने कुरामा, खेलाँची गर्न त पाइँदै पाइँदैन” भन्थिन्। फिल्म भनेको शक्ति हो। शक्तिको प्रयोगमा झेल गर्नेहरु धेरै छन्। एउटा एक्ट्रेसले अर्को एक्ट्रेसको जीवन अनुभव सुनेर गरेको विचार मन्थनले मलाई राम्रैसँग बिथोल्यो।
“मान्छेले सिनेमालाई जथाभावी चलायो भने पाप लाग्छ। सिनेमाको पावर तिनले कहिले बुझ्ने?”
उनलाई जस्तै मलाई पनि एकफेर गहिरो चिन्तनले छोप्यो।