अमेरिकाले आफ्नो भूमिमा जन्मिएकालाई नागरिकता दिने नीति परिवर्तन गर्ने भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले कार्यकारी आदेशमार्फत् यस्तो नीति परिवर्तन गर्न लागेको बताएका हुन्।
एचबिओ टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा उनले अमेरिकी भूमिमा जन्मिएकै भरमा नागरिकता पाउने ८५ वर्ष यताको व्यवस्था हाँस्यास्पद भएको बताए।
‘हामीमात्र विश्वमा यस्तो हाँस्यास्पद व्यवस्था गर्ने देश हौं। जहाँ कोही व्यक्ति आउँछ र बच्चा जन्माउँछ। अनि ऊ अमेरिकाको नागरिक बन्छ। र सबै सुविधा पाउँछ’, ट्रम्पले भने, ‘यो अन्त्य हुनुपर्छ।’
कार्यक्रम प्रस्तोताले ट्रम्पलाई त्यसका लागि संविधान संशोधनको आवश्यकतामाथि प्रश्न गरेका थिए। तर, ट्रम्पले आफूले कार्यकारी आदेशमार्फत् यो व्यवस्था लागू गर्ने तयारी गरिरहेको बताए।
उनले काउन्सिलरहरूसँग समते छलफल भैसकेको खुलाए।
‘हो, हामी कार्यकारी आदेशबाट यो व्यवस्था खारेजीको तयारीमा छौं’, ट्रम्पले भने, ‘हामी यसै विषयमा छलफल गरिरहेका छौं।’