तपाइले जीवनमा आजसम्म कति पत्र लेख्नुभयो ,बुबा आमा श्रीमती वा प्रेमिका नाममा ? ती पत्रहरू कहाँ पुगे सम्झना छ ? तिनीहरूको मूल्य कति पर्थ्यो होला एक दुई पैसा वा डलर ।
तर संसारमा एक जना ब्याक्तीले लेखेको पत्रको मूल्य २० करोड रुपैयाँमा लिलाम भयो भन्दा तपाइलाई आश्चर्य लाग्ने नै भयो । आश्चर्य मात्रै होइन यो यथार्थ पनि हो ।
संसारका महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले आफ्नो मृत्यु हुनुभन्दा १ वर्ष पहिले,सन् १९५४, मा लेखेको चिठीको मूल्य (२८.९ लाख डलर) अर्थात् मूल्य झन्डै ३० करोड नेपाली रुपैयाँमा लिलाम भएको छ। अमेरिकाको न्यु योर्क स्थित क्रिस्टीज अकशन हाउस'मा गत साता सो पत्र भगवानका बारेमा उल्लेख छ।
नोबेल पुरस्कार विजेता वैज्ञानिक आइन्स्टाइनले लेखेको पत्र ३ जनवरी ,१९५४ मा जर्मनीका दार्शनिक एरिक गटकिण्ड (काइन्ड)लाई लेखेका थिए ।गटकिण्डलाइ पठाएको उक्त पत्रमा अल्बर्टले धर्म र दर्शनको बारेमा आफ्नो बिचार राखेका थिए ।
गटकिण्डले लेखेको चुुज लाइफ: द बिलिकल टु रिभाल्ट' नाम किताब पढेर अल्बर्टले एक र आधा पेजको चिठीमा धर्म र दर्शनको निष्कर्ष दिएका थिए । ‘ईश्वर शब्द मेरो बिचारमा अरू केही नभएर मानीसका कमजोरीको प्रतीक हो ’ उनले लेखेका थिए ।