अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपका पूर्व वकिल माइकल कोहेनलाई न्यु योर्क स्थित एक सङ्घीय अदालतले आज ३ वर्षका लागी कैद फैसला सुनाएको छ।
कोहेनलाई कर छली, चुनावी अभियानमा सङ्कलित रकमको दुरुपयोग लगायतका ६ वटा अपराधमा सजाय सुनाइएको हो।
राष्ट्रपति बन्नु अघि भएका यौन सम्बन्धहरूलाई गोप्य राख्नका लागी कोहेनले दुई जना महिलाहरूलाई चुनावी अभियानबाट सङ्कलित रकम दिएको सरकारी वकिलले जनाएका छन्। पोर्न स्टार स्ट्रोमी ड्यानियलस र पूर्व प्ले ब्वाई मोडेल क्यारेन म्याकदोगल सँग राष्ट्रपति ट्रंपको यौन सम्बन्ध रहेको थियो। राष्ट्रपतीय निर्वाचनलाई असर पर्ने सम्भावना देखि ट्रंपको निर्देशनमा माइकल कोहेनले दुवै महिलाहरूलाई चुप रहन रकम दिएका थिए।
यधपी यो आरोपलाई राष्ट्रपति ट्रंपले निराधार रहेको जनाउँदै आएका छन्।