"डु यू लाइक रेन?"
"आई डोन्ट नोl"
"आई डोन्ट नो ...l"
मैले उनीतिर हेरेँ। उनी कतै प...र हेरिरहेकी थिइन्। मतिर फर्किएर उनले केही नभनुञ्जेल पर्खिरहेँ। त्योबीचमा मेरा आँखाहरुले चराको एउटा बथानको उडानलाई पछ्याए। पौडिरहेको एउटा हाँस खोलाको अर्कोपट्टी फर्किँदाखेरीको तरंगमा मैले संगीत पनि सुनेँ। उनले मतिर हेरिन्। मैले उनीतिर हेरेँ। मेरा आँखामा एउटा उत्सुकता अड्किएको थियो– अलि अगाडि, मैले जे भनेको थिएँ त्यहि कुरा उनले किन दोहोर्याइन्!
"वाज इट् अ सार्काज्म!" कि उनले मलाई गिज्याएको मात्रै हो? यसरी अनायासै के के गरिरहन मनपर्छ उनलाई। मलाईचाहिँ यस्तो मन नपर्ने तर उनले गरेपछि मन नपरिरहन पनि नसक्ने। तैपनि एकफेर सोधिहालेँ,
"ह्वाई वूड यू से द्याट!"
"से ह्वाट्!"
अलिबेर चुपचाप नबसी नहुने देखियो।
"नेभर माइन्ड," यति भनेर म ‘साइलेन्ट मोडमा’ गएँ।
...
"हाऊ अबाउट यू? डु यू लाइक रेन?"
खसखस भइगयो मलाई।
"आई लाइक द प्रपर रेनl आई लभ टु हिअर द साउण्ड अफ इटl आई डोन्ट लाइक ड्रिजल्सl आई गट टु हिअर द साउण्डl द्याट टेक्स मी सम्ह्वेरl आई डोन्ट नो ह्वेर ... बट ... मे बी सम्ह्वेर आई अल्वेज वान्टेड टु गोl फार, फार अवे मे बीl"
“मलाई पनि त्यस्तै हो” भन्न खोज्दै थिएँ तर उनको कुरो सक्किएकै रहेनछ।
“कहिलेकाहिँ त 'यस' या 'नो'’ भनेर अनि 'इल्याबोरेट' गर्दा पनि त हुन्थ्यो होला। "बट यू ह्याभ द्याट इन्सट्यान्ट आन्सर, "आई डोन्ट नोl"
फेरी च्वाट्टै काटिन्। बोल्नै दिइनन्।
“जहिले पनि 'एब्सट्रयाक्ट' ... 'एण्ड' 'इन्डीसाइसिभ' भइराख्ने हो?”
फिसिक्क हाँसेँ मात्रै। उनले मेरो कुममा एक मुड्की हानिन्।
"आई लाइक रेनl आई लाइक टु सी द रेनड्रप्स क्रिएटिङ्ग रिप्पलस् अन द सर्फेस अफ द रिभरl आई लाइक टु सी द ग्लुमी स्काईl इट गिभ्स मी आइसोलेसनl आई लाइक रेन बिकज आई लाइक द काइन्ड अफ लन्लिनेस इट गिभ्स टु मीl इट्स अ गुड लन्लिनेसl तिमीले भनेजस्तै, इट टेक्स मे सम्ह्वेरl आई डोन्ट नो ह्वेर बट मे बी सम्ह्वेर आई अल्वेज वान्टेड टु बीl"
...
मथि उल्लेख गरेको दृश्य काल्पनिक हो। चाल्र्स रिभरको किनारै किनार हिँड्दै गर्दा बनेको। तर अब लेख्न लागेको यथार्थ हो।
कहिँ लिएर जान्छ मलाई झरीको संगीतले। कहाँ, थाहा छैन। ‘जीरो माइल’ कथा लेख्ने सञ्जयले पनि उसका शब्दहरुसँगै कता कता लिएर गएजस्तो भएको थियो। सायद ‘लाभ डियाज’ को ‘फ्रम ह्वाट इज बीफोर’ को जस्तै ‘लोकेसन’ हरुमा। उसले ‘माछाको सपना’ मा काम गरौँ भन्यो। मैले गरिनँ। अहिले भएको भए म गर्थेँ, त्यतिबेला त्यसको गहिराई त्यति नापिनँ मैले। पहिलेका कति धेरै कुरा अहिले कि गर्थेँ, कि गर्थिनँ। “खै के पो गर्थेँ!” त्यस्तो हैन। कुनचाहिँ गर्थेँ, कुनचाहिँ गर्थिनँ – ठ्याक्कै भन्न सक्छु।
र अर्को एउटा दृश्य – कल्पना जस्तो लाग्ने यथार्थ।
‘निर्मल वर्मा’ का कथा, पात्र र ‘सेटिङ्’ ले मलाई सधैँ हुरुक्क बनाउँथे। म अचेल बुझ्न खोज्दैछु उनले किन पार्कको ‘सेटिङ्’ राख्छन् अधिकांश कथाहरुमा, र मान्छेका नीजी भावनाहरु कसरी निचोरेर निकाल्न सक्छन् त्यही ‘सेटिङ्’ बाट। ‘हार्वड स्क्वायर’ को एउटा पार्कको बेञ्चमा बसेको छु। हल्ला खल्ला, झिलिमिलि, अनि भिन्दा भिन्दै मान्छेले भिन्दा भिन्दै भाषामा बोलेका आवाजहरु गुञ्जिरहन्छन् तर कोलाहलजस्तो कतैपनि लाग्दैन। भीड्मा नीजी हुन पाउनु जिन्दगीको महान् उपलब्धी हो भन्ने मलाई सधैँ लागिरहन्छ।
कालो ओभरकोट लगाएर एउटा मान्छे आफ्नो चस्मा मिलाउँदै वरपर हेरेर केही कल्पिरहेको देख्छु। वरपर भिन्दा भिन्दै देशका आफ्नै पाराका रेष्टुरेन्टहरु छन्। फेरि ‘निर्मल वर्मा’ लाई सम्झिन्छु। मान्छेको कल्पनाशीलता यस्ता पार्कहरुमा नीकै जीवन्त भएर प्रस्तुत हुँदो रहेछ। बेञ्चमा कसैले छोडेको ‘हार्वड स्कूल ह्याण्डबुक’ पनि मलाई वर्षाैँदेखि खोजिरहेको उपन्यासजस्तो लागिदिन्छ। मध्यरात हुन एक घण्टा बाँकी रहँदापनि शहर निदाएको छैन, झन् ज्यूँदो जाग्दो भएर देखापरेको छ। ७३ नम्बरको बस ‘हार्वड स्टेसन’ को ‘लोअर बसवे’ मा आइपुग्दाखेरी मसँगै पार्कको मिठो हावाको सुसेली पनि त्यहाँ पुग्छ। म एकफेर समुनाजी तिर हेरेर मुस्कुराउँछु र त्यति नै बेला एउटा कथा लेखिनलाई ठिक्क तयार भएर बसिदिन्छ।
....
म कहिले कक्षा कोठामा कहिले बाटोमा कहिले बस र ट्रेनमा धेरै कुराको योग खोजिरहन्थेँ। म सँगसँगै हिँड्ने मेरा विचारहरुका आरोह अवरोहले मलाई एउटा अनौठो यात्रामा लिएर गइरहेका हुन्छन्। रंगहरुको अर्थ मैले धेरैपल्ट खोजेको हूँ। पहिलेको जस्तो खोज अचेल छैन। अचेल म बतासका अर्थ खोज्दै हिँड्छु। कहिले बाटामा देखिने कागजका टुक्राहरुमा अभिलाषाका कुनै चित्रहरु छन् कि भनेर खोज्छु। भिन्न भूगोल र भिन्न मान्छेहरुका बीचमा संवेदनाका सामञ्जस्यहरु पनि खोजिरहन्छु कहिलेकाहिँ।
कहिलेकाहिँ के गरौँ के गरौँ भयो भने मान्छेले बाटोमा कोरिएका धर्साहरु पनि गनेर भ्याउँछ। पात झरेका रुखहरु पनि मान्छेजस्तै देख्छु कहिलेकाहिँ। पूर्णिमाको जून थाहा नपाउने गरी हिँडिरहेको जस्तो लाग्छ। त्यसबाहेकका दृश्यहरु केहिबेर स्थीरजस्तै भएका छन्। लेखिन बाँकी धेरै कुराहरु छन्। लेख्ने कुरा लेखिएर कहिल्यै सकिन्न।
यो पनि त लेखिदिएँ – हिँड्दा हिँड्दै कसो कसो मन अस्थिर हुँदाखेरी ‘लोकेसन’ ले ‘अफर’ गरेको एउटा ‘प्लट’।
कुनै ‘लोकल आर्टिस्ट’ ले बनाएको "Support The Local Artist" भन्ने स्टिकर झोलाको पछाडि टाँसेर ऊ हिँडिरह्यो। हिउँको बगैँचामा उसका पाइलाहरु गह्रुङ्गो गरी सर्दै थिए। ‘होर्डिङ् बोर्ड’ हरुलाई हिउँले छपक्कै छोपेको थियो। पहेँला, राता र सुन्तले पातहरुले रंगीन देखिने रुखहरु नांगै थिए। "Mass Ave" र ‘"Dana Ave" को ‘इन्टरसेक्सन’ मा पुग्नेबेला एउटा रुखमा अल्झिएको हिउँको सानो ढिक्को छुस्स पन्छाइदियो देब्रे हातको पञ्जाको टुप्पोले। अलि पर पुलुत्त चिप्लिन खोज्यो तर सम्हालियो। ‘समर’ मा त्यही बाटो खित्खित् हाँस्दै उनीसँग ‘सेल्फी’ लिँदै हिँडेको सम्झनाले थोरै चिस्याएर गयो उसलाई। केहीबेरसम्म त्यही दृश्यको कल्पनाले उसको आँखा धमिल्याइदियो। ऊ खै के बोल्दै थियो। उनी ‘सेल्फी’ लिँदै खित्खित् गर्दै थिइन्। ऊ बुद्रुक बुद्रुक उफ्रिँदै औँलाहरुले ‘कीबोर्ड’ को ‘की’ थिचेजस्तै गर्दै थियो। एउटा रुखनेर पुगेपछि त्यसको हाँगामा च्याप्प दुवै हातले समाउनेगरी उफ्रिएको थियो र पिङ् खेलेजसरी एकफेर मच्चेर फुत्त हाम्फालेको थियो ऊ।
भर्खर भर्खर बनिसकेको ‘अपार्टमेन्ट’ ‘बिल्डिङ्’ को बाहिरपट्टी फूलेको गुलाफको फूल हेर्यो र टक्क अडियो। त्यस्तै गुलाफको फूलको चित्र सादा पानामा कोरेर उसले प्रेमको पहिलो अभिलाषा पोखेको थियो।
क्रमश :