अमेरिकाको न्यु योर्क स्थित टाइम्स स्क्वाएरमा मनाइने नयाँ वर्षको कार्यक्रम यो वर्ष पत्रकारका नाममा समर्पित गरिने भएको छ।
टाइम्स स्क्वाएरमा हरेक वर्ष आयोजना हुने विश्व चर्चित 'न्यु इअर बल ड्रप' लाई प्रेस स्वतन्त्रता र पत्रकारिताको महत्त्वको नाममा समर्पण गरिन लागिएको आयोजकहरूले जनाएका छन्।
पत्रकारहरूका लागी राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा अत्यन्त घातक रहेको २०१८ सालमा भएका विभिन्न घटनाहरूलाई सम्झँदै यो वर्षको नयाँ वर्ष मनाइने
टाइम्स स्क्वाएर अलायेंसका अध्यक्ष टिम टॉमकिन्सले बताए। सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष टॉमकिन्सले भने " नयाँ वर्ष एउटा सामान्य उत्सव मात्र होइन, यो विगत सम्झिने क्षण पनि हो , पत्रकारिताको भूमिकाका विषयमा राष्ट्रिय-अन्तर्राष्ट्रिय रूपमा धेरै बहस २०१८ मा भएको छ "
यो वर्षको 'बल ड्रप' समारोहमा विशेष गरी वासिङ्टन पोस्टका स्तंभकार जमाल खशोगी, जो साउदी र मैरीलैंड राज्य स्थित एनापोलिसको एक समाचार पत्र, द क्यापिटल' को समाचार कक्षमा भएको आक्रमणलाई उल्लेख गरिने छ।
स्मरण रहोस्, स्तंभकार जमाल खशोगीको हत्या टर्की स्थित साउदी दूतावासमा भएको थियो भने द क्यापिटल दैनिक को समाचार कक्षमा भएको आक्रमणमा सम्पादक सहित ५ जना पत्रकारहरू मारिएका थिए।
विश्व चर्चित 'न्ययोर्क टाइम्स' का तत्कालीन प्रकाशक अडोल्फ ओक्सले सन् १९०७ मा 'बल ड्रप' परम्पराको सुरुवात गरेका थिए।