आगामी राष्ट्रपतिय निर्वाचनका लागी डेमोक्र्याट पार्टीकी उदारवादी सिनेटर एलिजाबेथ वारेनले आन्तरिक तयारी सुरु गरेकी छिन्।
राष्ट्रपतिको चुनाव आउन करिब २ वर्ष बाँकी छ । रिपब्लिकन पार्टीमा ट्रंपलाइ टक्कर दिन सक्ने कोही देखिएको छैन । तर डेमोक्र्याटिक पार्टीमा भने उम्मेदवारहरूको सुची लामो छ । त्यो सूचीमा पहिलो नाम लेखाउने बनेकी छिन म्यासाचुसेट्स राज्यकी सिनेटर एलिजाबेथ वारेन । उनले उक्त चुनावमा डेमोक्र्याटिक पार्टीको टिकट लिनको लागि प्रतिस्पर्धा गर्न एक कमिटी गठन गरेकी छिन् ।
आयोवा राज्यको तीन दिने भ्रमण तालिका सहित उनले उक्त समिति घोषणा गरेकी हुन् ।
"अमेरिका सबैको लागि हुनुपर्छ । म आज जुन स्थानमा छु, त्यो मैले पढाइ र अन्य क्षेत्रमा पाएको अवसरको कारण हो । म सबै अमेरिकीहरूलाई समान अवसरको लागि लड्न चाहन्छु ।" उनले आयोवामा आफ्ना समर्थकहरू बिच सम्बोधनको क्रममा भनेकी छन् ।
वारेनको उम्मेदवारी दिने घोषणा सँगै डेमोक्र्याटहरु बिच २०२० हावा लाग्न सुरु गरेको छ । आगामी केही महिना भित्र नै अन्य उम्मेदवारहरू अगाडी आउने अनुमान गरिएको छ । हाल बर्नी स्याण्डर्स, जो बाइडेन, कमल ह्यारिस, बेटो ओ'राउर्के लगायतका थुप्रै व्यक्तिहरू चुनावी प्रतिस्पर्धामा आउने आंकलन गरिएको छ ।