हवाई राज्यबाट अमेरिकाको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अमेरिकी काङ्ग्रेसकी पहिलो हिन्दु सदस्य तुलसी गब्बार्डले २०२० मा हुने रास्ट्रपतिय निर्वाचनमा डेमोक्र्याट पार्टीबाट उम्मेदवार हुने घोषणा गरेकी छिन ।
उनी हाल काँग्रेसको विदेश मामिला हेर्ने समितिमा छिन । उनी इराक युद्धमा समेत सामेल भएकी थिइन ।
मैले राष्ट्रपति पदमा उम्मेदवार हुन धेरै कुराले निर्णायक भूमिका खेलेको छ, उनले भनेकी छिन । अमेरिकी जनताले धेरै समस्या झेलिरहेका छन् र तिनलाई समाधान गर्न सहयोग गर्न चाहन्छु । स्वास्थ्य, अपराध सम्बन्धी न्याय प्रणाली र जलवायु परिवर्तन जस्ता समस्याहरूको बारेमा मलाई धेरै चासो र चिन्ता छ, आफ्नो उम्मेदवारीको कारण बारे उनले स्पष्ट पारेकी छिन ।
गब्बर्ड डेमोक्र्याटिक पार्टी भित्र प्रगतिशील धारको प्रतिनिधित्व गर्छिन् । २०१६ मा डेमोक्र्याटिक पार्टीको प्राइमरीमा बर्नी स्याण्डर्सलाइ समर्थन गरेकी थिइन । अमेरिकाले कुनै पनि देशलाई कुनै खालको हस्तक्षेप गर्नु हुँदैन भन्ने विचार राख्ने गब्बार्डले संसद्मा हस्तक्षेप-विरोधी प्रस्ताव संसद्मा दर्ता गराएकी छिन । त्यस्तै सिरियाका राष्ट्रपति बसरअलि असादलाइ भेटेको भनेर आलोचित समेत भइसकेकी छिन ।
गब्बार्डको उम्मेदवारी घोषणा सँगै डेमोक्र्याटिक पार्टीबाट दुई जना महिला उम्मेदवार मैदानमा ओर्लिएका छन् । अघिल्लो हप्ता मात्र म्यासच्युसेट्सकि सिनेटर एलिजाबेथ वारेनले आफ्नो उम्मेदवारी घोषणा गर्दै चुनावी अभियान सुरु गरिसकेकी छिन ।