नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) ले भर्जिनियाको मनासस सहरमा एक सामुदायिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा नेजाका अध्यक्ष सुदिप पन्तले पत्रकारले समाज परिवर्तन गर्न त्याग गर्नुपर्छ भन्ने धारणा राख्दै पत्रकारहरूमा ईमान्दारिता हुनु पर्ने र असल हुने नाममा राजनैतिक रङ्ग नदिई आफूले ईमान्दारितापूर्वक काम गरेको छु भने इमान्दारितापूर्वक लेख्न आग्रह गरे।
नेजाको डिसी महानगर क्षेत्रका लागि क्षेत्रीय संयोजक लीला ओझा ढकालद्वारा स्वागत गरिएको उक्त अन्तरक्रियामा वरिष्ठ पत्रकार योगेश उपाध्यायले वर्तमान नेपाली अनलाइन मिडिया र नेपाली पत्रकारहरूले व्यहोर्दै आएका समस्याहरू र निराकारका विषयमा छोटो चर्चा गरेका थिए।वरिष्ठ पत्रकार हरि अधिकारीले सामुदायिक पत्रकारिताको महत्त्वका बारेमा प्रकाश पारेका थिए।
अमेरिकाका नेपाली समुदायलाई सामुदायिक पत्रकारितालाई मार्फत कसरी जोड्न सकिन्छ भन्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा डिसी महानगर क्षेत्रका विभिन्न सङ्घ/संस्थाका प्रतिनिधिहरू, तथा नेजाका संस्थापक अध्यक्ष गिरिश पोख्रेल , नेजाका पूर्व अध्यक्ष गौतम दाहाल, हर्नडनका नगर परिषदका नवनिर्वाचित नगर परिषद् सदस्य प्रदीप ढकाल, मेरिल्याण्ड राज्यको इन्डियन हेड अफ टाउनका उप नगर प्रमुख किरण सिटौला, एएनएका सभापती मेदिनी अधिकारी, एनआरएनए भर्जिनिया च्याप्टरका सचिव सुरेश अधिकारीको उपस्थिति थियो।
कार्यक्रममा पत्रकारहरू राजेश मिश्र, तरुण पौडेल, निधेश अधिकारी, विजय थापा, बिश्व थापा, सुनिल मणि दाहाल, विष्णु शीतल, अन्तर्राष्ट्रिय नेपाली पत्रकार सङ्घ (ईन्जा ) का अध्यक्ष गुणराज लुइँटेल लगायतका पत्रकार तथा लेखकहरूले सहभागिता जनाएको नेजाक सचिव सुरज भण्डारीले बताएका छन्।