नेपालीहरूको घना बस्ती रहेका अमेरिकाका विभिन्न सहरहरूमा आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको २९७ औँ जन्म जयन्ती तथा नेपालको राष्ट्रिय एकता दिवस मनाइएको छ।
टेक्सस, मेरिल्याण्ड, क्यालिफोर्निया, भर्जिनिया, कोलोराडो लगाएताका विभिन्न सहरहरूमा राष्ट्रिय एकता दिवस मनाएको सम्बद्ध आयोजकहरूले जनाएका छन्।
पृथ्वीनारायण शाहले यदि नेपाल यकिकरण नगरेको भए आज नेपालीहरूले पाएको स्वाभिमान र स्वायत्तता नरहने बिचार राख्दै इतिहासलाई राजनीतिक रङ्ग बाट नहेर्न आग्रह कार्यक्रमका सहभागीहरूले गरेका छन्।