अन्तरराष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा) ले गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकालाई सुझाव दिएको छ। गत फेब्रुअरी ५ तारिखका दिन ईन्जा को मुख्यालय अमेरिकाबाट जारी बिज्ञप्तिमार्फत संस्थाको भलो चिताउँदै सुझावहरू दिएको हो ।
अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा) संसार भरि रहेका नेपाली पत्रकारबीचमा मर्यादित पत्रकारिताको अभिबृद्धि र विकास गर्न जोड दिँदै यसको लागि आवस्यक नेटवर्क, स्रोत साधन र फोरम प्रदान गर्न कटिबद्द रहेको दाबी गर्दै आएको छ।
बिज्ञप्तिमा एनआरएनएले सदस्यता आवेदन प्रकृयालाई ब्यवस्थित बनाउन गरेको प्रयासको ईन्जाले प्रशंसा गरेको छ। यद्यपी, समुदायको विश्वास जित्दै सदस्यता बितरण कार्यक्रमलाई नियमित रुपले अगाडि बढाउन अनुरोधसमेत गरेको छ।
साथै एनआरएनएले गरिरहेको सदस्यहरुको अति गोप्य डाटा संग्रह, डाटा भेरिफिकेसन, यसको प्रयोग र सुरक्षा प्रकृया सम्बन्धमा सदस्यहरुबीचबाट आएको गुनासोलाई ईन्जाले अति महत्वको विषयको रुपमा लिएको बताएको छ।
साथै तथ्यांक पहुँच (डाटा एक्सेस )गर्न दोहोरो प्रमाणीकरण को पद्दतिलाई लागू गर्ने र निर्वाचनमा जाने निधो गरेका ब्यक्तिहरुलाई यस्तो सूचनाको पहुँच नदिने बुँदागत रुपमा सुझाव दिएको छ।
बिज्ञप्तिको पूर्ण पाठ जस्ताको त्यस्तै
गैर आवासीय नेपाली संघ (एनआरएन) ले संसार भरिका नेपालीहरुलाई यसको सदस्य बनाउदै आएको छ । यसको केन्द्रीय कार्यालय-आईसीसी देखि लिएर विभिन्न देशहरुमा गठन भएका यसका च्याप्टरहरुले आफ्ना सदस्यहरुको संबेदनशील सूचनाको गोप्यता र सुरक्षा कसरी प्रदान गर्दछ , सदस्य बनाउन आवस्यक पर्ने भनि लिईएका त्यस्ता सम्बेदनशिल डाटाहरु एनआरएन भित्र कति सुरक्षित छन् भन्ने विषयमा अहिले सदस्यहरु र विज्ञहरु वीचमा बहस चलेको देखिन्छ । विषेशत: एनआरएन अमेरिका च्याप्टरले यसैपल्ट देखि लागू गरेको नयां सदस्यता फारममा सदस्यहरुबाट उनीहरुको आइडी र अन्य ब्यक्तिगत सूचना राख्नै पर्ने ब्यबस्था गरे पछी सदस्यहरुले आफ्नो महत्वपूर्ण ब्यक्तिगत सूचनाको सुरक्षा हुने ग्यारेण्टी नभएको भन्ने गुनासो सार्वजनिक रूपमा गरेका छन भने एनआरएनएले आस्वासन दिदै आफ्नो वेवसाईटमा एस एस एल सर्टिफिकेट अन्तर्गत सदस्यहरुका संबेदनशील सूचनाहरु गोप्य र सुरक्षित रहने जानकारी दिएको छ। यस सम्बन्धमा अमेरिका हेडक्वाटर रहेको पत्रकारहरुको संस्था ईन्जाको ध्यानाकर्षण भएको छ ।
सस्थाको पहिचान र बिश्वासको मापन नै त्यस सस्थाको गतिबिधी र उपलब्धी हो । सस्था र सुमुदाय बिचको बढदो अविश्वाशको बाताबरण साच्चै नै चिन्ताजनक बिषय भएको ईन्जाको ठहर छ । यसै प्रसँग र बिषयमा एनआरएन अमेरिकाको क्षमता अभिबृद्दी गराउदै नेपाली समाजमा एक गरिमामय सस्थाका रुपमा स्थापित गराउन ईन्जाले आफ्नो तर्फबाट सुधारमुखी सुझावहरु पेश गर्न चाहान्छ ।
सर्वप्रथम त एनआरएनएले सदस्यता आवेदन प्रकृयालाई ब्यवस्थित बनाउन गरेको प्रयासको ईन्जा प्रशंसा गर्दछ । तथापी, समुदायको बिश्वाश जीत्दै सदस्यता बितरण कार्यक्रमलाई नियमित रुपले अगाडी बढाउन अनुरोध गर्दछ ।
साथै एनआरएनएले गरिरहेको सदस्यहरुको अति गोप्य डाटा संग्रह, डाटा भेरिफिकेसन, यसको प्रयोग र सुरक्षा प्रकृया सम्बन्धमा सदस्यहरुबीचबाट आएको गुनासोलाई ईन्जाले अति महत्वको विषयको रुपमा लिएको छ । Privacy Act र यो संग सम्बन्धित धेरै कोड एवं एेनहरु लागू भएको अमेरिका जस्तो मुलुकमा सदस्यहरुका Personally Identifiable Information (PII) सुरक्षित गर्नु कुनै ब्यक्तिको मात्र नभै सिंगो एनआरएनको दायित्व हुनुपर्ने ईन्जाको ठहर छ । यस सम्बन्धमा कम्तिमा पनि देहाय बमोजिमका सुरक्षा सम्बन्धी कदम चाल्न ईन्जा एनआनएनएलाई हार्दिक आग्रह गर्दछ ।
अहिले एनआरएनएले संकलन गरेका सूचनाहरु भित्री (एनआरएन) र बाहिरी(ह्याकरहरु) दुवै पक्षबाट चोरिन र दुरूपयोग हुन सक्ने खतरा भएकोले Privacy Act को पूर्ण पालना गर्दै कुनै पनि conflict of interest नभएको Third Party लाई Data handling को जिम्मा लगाउने ।
डाटा भेरिफिकेसन वा डाटा एक्सेस गर्ने एनआरएनए भितर वा इतरका कुनै पनि ब्यक्तिको Full Background Check गर्ने साथै उनीहरुलाई Privacy & PII Handling Compliance Training गराउने एवं Compliance Document वा कानूनी कागजाजमा हस्ताक्षर गराउने यस्तो Background Check पास नभएका वा Compliance Document हस्ताक्षर नगरेका ब्यक्तिलाई अति गोप्य ब्यक्तिगत सूचनासम्मको पहुंच नदिने ।
IT Database मा राखिएका डाटाहरुलाई थप सुरक्षाको लागि Encryption गरेर राख्ने ! Conflict of Interest नभएका ब्यक्तिहरुलाई मात्रै Database access दिने ।
डाटा एक्सेस गर्न Double Authentication को पद्दतिलाई लागू गर्ने !
निर्वाचनमा जाने निधो गरेका ब्यक्तिहरुलाई यस्तो सूचनाको पहंच नदिने ।
गोप्य डाटामा संझौता नहोस, डाटा चोरी नहोस भन्नका लागि एनआरएनए र एनआरएन आइसीसी समेतको पहलमा एक बृहत्तर संहिता तयार गरी लागू गर्ने ।
यस पटकको आसन्न निर्वाचन अघि नै यी सवै कुरा लागू हुन नसके पनि सदस्यहरुलाई उनीहरुको संबेदनशील सूचनाको गोप्यता र सुरक्षाको प्रत्याभुती दिई यस दिशामा तुरून्तै काम शुरू गर्ने
अन्तमा, हाम्रा सुझावहरुलाई सकारात्मक रुपमा लिदै नेपाली समुदायको भावना अनुसार एनआरएन अमेरिका र आइसिसिले आगामी दिनमा काम गर्ने हामीले बिश्वाश लिएका छौ ।
धन्यवाद,
ईन्जा मुख्य कार्यालय
अमेरिका