“आफैँलाई कसरी ढाँट्नु !”
“है !”
रातको शून्य प्रहर, नाङ्गा रुखहरुको बीचमा उभिएको ल्याम्प–पोस्ट, त्यसको प्रकाश खसेको भुइँ अनि त्यो भुइँमा
बनेको एउटा इमेज – आफूलाई खोज्दोरहेछ कोहि ।
“को !!!!”
“मे बी एन एक्टर ।”
“हाउ क्यान यू बी सो स्योर ?”
“अर अ राइटर, मे बी ।”
“लौ !”
“ही इज लस्ट इन ट्रान्जिसन ।”
हराउन त ठाउँको ठाउँ के के पो हराए नै ।
“मजस्तै हो ?”
“खै को जस्तो हो ! एउटा स्वभाव चाहिँ हो ।”
“स्वभाव ? के ?”
“खोजिबस्ने ।”
“के खोजिबस्ने ?”
‘रेफेरेन्स’ छुटेकोजस्तो भो यो त ।
(रातको शून्य प्रहर, नाङ्गा रुखहरुको बीचमा उभिएको ल्याम्प–पोस्ट, त्यसको प्रकाश खसेको भुइँ अनि त्यो भुइँमा
बनेको एउटा इमेज – आफूलाई खोज्दोरहेछ कोहि ।)
...................................................................................................................................................
पहाडका तीनवटा तहहरुमा मान्छे र जीवनको ‘कन्फ्रन्टेसन’ अनुमान गर्थेँ कहिलेकाहिँ । कोहि फेदीमा बसेर टुप्पातिर हेरिराख्न सहज हुने मान्छे हुन्छन्, कोहि बीचमा पुगेपछि दुवैतिर हेर्न पाइने सन्तुलनमा आनन्द भेटेर त्यहिँ टक्क रोकिने हुन्छन्, कोहि टुप्पामा पुगेर संसार हेर्छु भन्ने हुन्छन् ।
“आई माइट ह्याभ वान्टेड टु बी अ टीचर ।”
“उम्म् ह्म्म् ...”
“कुन विषय पो पढाउथेँ होला !”
पढाउनलाई पहिला धेरै कुरा थाहा हुनुपर्छ । जान्नु त पछिको कुरा भो । एउटा मान्छेको ‘रिएलाइजेसन’ र अनुमानका कुरा ‘टेक्स्ट बुक’ मा राखिन्नन् नि । कोहिबेला दर्शनले हानेजस्तो हुन्छ र के के लागिदिन्छ लागिदिन्छ । लागेको कुरा जस्ताको तस्तै भन्दाखेरीको ‘फर्म्याट’ चाहिँ पढाएको जस्तो हुँदोरैछ कहिलेकाहिँ । “पहाडका तहहरुमा मान्छे र जीवनको ‘कन्फ्रन्टेसन’” अरे । क्या हो त्यो ? ‘टेक अफ’ भइगो, अब ल्यान्डिङ् चाहिँ गराम् न ।
कोहि त पहाडै नचाहिने पनि होलान् । तिनलाई फेदीसम्म पनि किन पुग्नु पर्यो ! कोहि फेरी टुप्पैमा पुगेर पनि अर्को पहाड देख्न मन पराउने होलान् । कोहि शासक हुन रमाउने होलान् । कोहि आफ्ना उपर कोहि भइदिए सहज हुन्छ भन्ने पनि होलान् । यस्तैमा अलि अघि एउटा पात्रको शब्दचित्र कोर्दै गर्दा ‘वान लाइनर’ लेखेछु, “रादर द्यान बिइङ् अ गुड डक्टर, आई वान्ट टु बी द बेस्ट पेसेन्ट ।” उद्धरणमा राख्ने यस्ता कुराहरु कहिलेकाहिँ एकदमै अमूर्त र अस्पष्ट भएर आउँछन् । मसँग यस्तै खालका ‘वान लाइनर’ अरुपनि छन् । जस्तै : “आई लभ टु बी द बेस्ट स्टुडेन्ट द्यान बिइङ् अ गुड टीचर ।” यसको प्रभाव कहाँ कहाँ कसरी रहला भनेर पनि अल्झिरहन्छु बेला बेला । संयोगले ‘मोहम्मद जीशन अय्युब’ सँगको ‘गुफ्तगु’ हेर्न पुग्छु । उनले भनिदिन्छन्, “मुझे स्टुडेन्ट बनेरेह्ना एक कन्फिडेन्स देता है ।” आहा !!
त्यो हुनुले कति ‘कन्फिडेन्स’ दिएको छ भन्ने कुरा बेलाबेला म पनि महशुश गरिरहन्छु । त्यहि ‘कन्फिडेन्स’ को बलमा म केहि शब्दचित्रहरु बनाउन उत्सुक भइराख्छु । धेरै कुरा जान्न मन हुन्छ । पहिल्यै जानेको भए हुने कति कुरा अचेल अलि अलि जानेको छु । त्यहि बहाबमा कतै अलि धेरै गरिँदोरैछ आफ्ना कुरा । तर केहि मृत्युहरुका बारेमा लेख्न मन भएर पनि लेखेको छैन । अल्मल छ अझै । आफैँ मृत्यु रोजेर हराउनेहरुलाई पनि गाली नगरिकन, कुनै दोषको भारी नबोकाइकन निरपेक्ष भएर मृत्युलाई पढ्न सकिएला कि नसकिएला ! प्रश्न गर्ने ठाउँ छ ।
प्रश्न कहाँ हुँदैन ? अन्दाजै अन्दाजमा कोरिने आफ्नै गीतमा ?
“आँखा थिए कि सपना
के थिए मेरा ?
केहि नबुझाई आयौ ।”
दिमाग थाकेजस्तो भएको छ अचेल । यस्तो गीत अचेल लेख्न सकेको छैन । “दोष कतैतिर ‘सिफ्ट’ गरिदिऊँ ?” “‘आइस स्केटिङ्’ गर्दा बारम्बार पछार्रिएको थिएँ । त्यसैले पनि हो कि अलिअलि त !”“हुन्छ खुब !”“किन हुँदैन ! हुनलाई त के के हुन्छ हुन्छ नि !”सुदामले ‘पाँच’ को सेरोफेरोमा अन्तर्वार्तामा भनेका कुराहरु ताजै छन् । समाज ‘कन्फ्युज्ड’ छ, युवाहरु झन् ‘कन्फ्युज्ड’ छन् भनेको थियो । ‘सहि’ छिनमै ‘गलत’ र ‘गलत’ छिनमै ‘सहि’ हुन्छ भन्ने कुरालाई पनि जोड् दिएको थियो । त्यो उलटफेरको ‘रेसियो’ अनुमान गर्नै नसकिने भयो भन्ने कुरा हो मेरो पनि । बोल्ने कि नबोल्ने ? कति बोल्ने ? के कुरामा बोल्ने ? बोल्नुपर्ने अवस्थासम्म पुग्न कतिवटा तहहरु छिचोल्नु पर्छ ? जवाफ खोज्दा पनि थप अल्मलिने अवस्था छ ।यहाँ अब लेखिने प्राय उपन्यासको शिर्षक “पर्खालभित्र/पर्खालबाहिर” हुन सक्छ । पारिजातले उहिल्यै लेखेर त्यो कहाँ सकियो र ! अचेल पर्खालकै कुरा छ । मान्छे मान्छेमा पर्खाल, सोचमा पर्खाल, देखिने पर्खाल, नदेखिने पर्खाल, अग्लो पर्खाल, होचो पर्खाल । पर्खाल नाघ्नेका कथा, पर्खाल नाघ्न नसक्नेका कथा । यस्तै यस्तै । ट्रम्पको पर्खाल त संसारकै चासो भइगयो ।केहि जाने जस्तो, केहि नजानेजस्तो किन भयो ?“खै !”हुनसक्ने ‘जेपनि’ बाट ‘केहि न केहि’ भयो ।...................................................................................................................................................कहिलेकाहिँ केहि कथाहरु यसै भनिउन् जस्तो लाग्छ । मेरो कथा, तिम्रो कथा : कथामा क्यामेरा छिरोस् । क्यामेरामा कथा हैन । एकजना ‘फ्रेन्च’ ‘डिरेक्टर’ ले भनेको कुरा याद आयो, “‘एक्टर’ हरुको ‘मुभमेन्ट’ मा ‘मार्क’ पनि क्यामेरासँगै ‘मुभ’ गर्छ । त्यसो हुँदा ‘एक्टर’ हरुलाई भरोसा हुन्छ ।” हो पनि । ‘लेट द विन्ड क्यारी मी’ मा ‘मार्क ली पिङ्’ को ‘सिनेमटोग्राफी’ का बारेमा यी र यस्तै कुराहरु छन् । याद आयो यसै ।मान्छेमा यादहरु अल्झिने हो कि यादहरुमा मान्छे अल्झिने हो ! सपनाले मान्छेलाई पछ्याउने हो कि मान्छेले सपनालाई पछ्याउने हो ! छोरीहरुलाई पनि पढ्न पठाउनु पर्छ भन्ने सन्देश सहित युनिसेफले बनाएको वर्षौँ पुरानो भिडियो अनायास फेसबुकमा देखापरेको थियो । समुना जीले पछि भनेकी थिइन्, “यो भिडियोलाई हामी रिक्रीयट गर्थ्यौं
, अगाडि नाङ्लो–साङ्लो राखेर । द्याट वाज माई फर्स्ट एक्टिङ् इन्सपिरेसन ।” सपनाका कुरा त्यसबेला पनि भएथे हामीबीच । मलाई रमेश क्षितिजको एउटा कविता याद आयो :
म एउटा सारङ्गी
सुम्सुम्याऊ मलाई
र निकाल एउटा मिठो धुन ।
सर्जकले धुन खोज्छ कि धुनले सर्जक ! प्रतिभाले अवसर खोज्छ कि अवसरले प्रतिभा !‘बालाजी’ मा चामलको एउटा बोरा काउन्टरनेर लगेर राखेँ । फर्केर एउटा ‘आइल’ मा आँपको अचार छान्दै थिएँ, दोकानमा बजिरहेको पुरानो हिन्दी गीतले मलाई तान्यो । म गीतकै तालमा मुन्टो हल्लाउँदै काउन्टरअघि पुगेँ । “बढिया गाना है ना !”“उस् जमानेमे क्या गाने बन्ते थे ।”नास्पतीको बोटमा झटारो हानेजस्तो पो भएछ । फुत्त फुत्त केहि मिठा यदहरु झरे । हिन्दी गीतमा साहित्य हुन्थ्यो उहिले भने । मैले पनि सहि थापेँ ।“ओ वीर–जारा देखिहोगी, मदन मोहन साप् के ही तो है सब गाने । उनके बेटे ने सब पुराने धुन रिक्रीएट किए थे उस फिल्मके लिए । बाद मेँ जावेद अख्तर ने लिखे थे लिरिक्स ।”मैले आफूले थाहा पाएका केहि कुरा थपेर संवाद अघि बढाइराखेँ । ‘चौदभी का चांद’ भन्ने गीत दुई मिनेटमा लेखिएको थियो भने । लेख्नेलाई ‘चौदभी का चांद हो’ मात्रै घुमिराथ्यो अरे, अनि अर्को लाइन नआएर त्यसैलाई दोहोर्याउँदै तेहेर्याउँदै गर्दा ‘या आफ्ताब हो’ राखेपछि खुरुखुरु आएको अरे ‘जो भी हो तुम् खुदा के कसम, लाजवाब हो ।’“देखो, मे नेपाल से हूँ, ३१ सालका हूँ । फिर भी पुराने हिन्दी गाने बहुत पसन्द है । उनके साहित्यके लिए । साहित्यकार गाने लिख्ते थे फिल्मके । आप्से फिर कभि लम्बी बात करेङ्गे ।” उनलाई चासो भएको कुरा मैले छुस्स छोइदिएछु, ‘चेकआउट’ गरेर निस्किसक्दा पनि उनी केहि भन्दै थिए ।मान्छेमा यादहरु अल्झिने हो कि यादहरुमा मान्छे अल्झिने हो !
आँखा बन्द छउञ्जेल
स्वप्निल स्मृतिहरु
खुल्छन् आँखा जब
धमिला आकृतिहरु
सबथोक झुक्याउँदैछन् ...
‘सेल्फ केयर’ नजानेको बेला शब्दहरुको ‘सटल टच’ किशोर कुमारको ‘हेभन्ली भोइस्’ जत्तिकै ‘म्याजेस्टिक’ थिए । यस्तै गीतहरु लेखेर म एक्लै गाउथेँ ।अहिले यी यसरी लेख्नु – ‘सेल्फ केयर’ ।“शब्दहरुले मान्छेलाई अल्झाउँछन् कि मान्छेले शब्दहरुलाई अल्झाउँछन् !”खै !