अमेरिकाको टेक्सस स्थित सञ्चारकर्मी तथा गायक किशन रेग्मी र गायिका रेस्मा केसीको' कुम जोडी नाचौँ लाग्यो' गीत सार्वजनिक भएको छ ।
गीतकार शिव शर्मा चञ्चलको शब्द र यस जी योगीको सङ्गीतमा रहेको 'कुम जोडी नाचौँ' गीत युएस मिडिया नेटवर्कको युटुव च्यानल मार्फत भिडियो सहित सार्वजनिक भएको हो ।
चलचित्र निर्देशक तथा अग्रज कलाकार शिशिर राणाको निर्देशनमा बनेको यो गीतको भिडियोमा मोडेल द्वय निकोलस अर्याल र एन्जल श्रेष्ठको अभिनय रहेको
छ ।
ललितपुरको भैंसेपाटीमा छायाङ्कन गरिएको यस भिडियोमा शिव ढकालको छायाङ्कन रहेको छ ।
सञ्चारकर्मी रेग्मी अमेरिकाबाट सञ्चालित युएस खबर डटकमका सञ्चालक हुन् । रेग्मीको यस अघिको' कान्छी हे कान्छी गीत'लाई पनि श्रोता दर्शकले अत्यधिक रुचाएका थिए । नेपाल रहँदा दाङको रेडियो मध्यपश्चिम र स्वर्गद्वारी एफ एममा लामो समय काम गरेका रेग्मी दाङ चलचित्र पत्रकार महासङ्घका संस्थापक अध्यक्ष समेत हुन् ।