२०१६ को राष्ट्रपति निर्वाचनमा रसियाको हस्तक्षेत र त्यसमा ट्रंपको चुनावी अभियानको संलग्नताको छानबिन गर्न स्पेसल काउन्सिल गठन भएको स्पेसल काउन्सलले आफ्नो रिपोर्ट केही दिन भित्र सरकारलाई बुझाउने अनुमान गरिएको छ ।
सीएनएनले गरेको रिपोर्ट अनुसार मे १७, २०१७ मा रोबर्ट मुलरको नेतृत्वमा गठन भएको स्पेसल काउन्सिल न्याय मन्त्रालयमा अटोर्नि जेनेरल बिल बारलाइ रिपोर्ट बुझाउने तयारी भइरहेको छ । स्पेसल काउन्सिल न्याय मन्त्रालय मातहत गठन हुन्छ र न्याय मन्त्रीले नै त्यस्ता रिपोर्ट बुझ्ने प्रचलन छ । २०१६ को राष्ट्रपति निर्वाचनमा रसियाको हस्तक्षेत र त्यसमा ट्रंपको चुनावी अभियानको संलग्नताको छानबिन गर्न स्पेसल काउन्सिल गठन भएको थियो ।
यो समिति र छानबिनलाई ट्रंपले "होक्स" अर्थात् हास्यास्पद भन्दै कटु आलोचना गर्दै आएका छन् । यद्यपि मुलर र उनको टिमले दर्जनौँ रसियाली र ट्रंपको चुनावी अभियानमा संलग्न थुप्रै अमेरिकी नागरिकहरूलाई चुनावमा गडबड गरेको आरोपमा मुद्दा चलाई सकेका छन् । तर रिपोर्ट बुझाउने दिन आउँदै गर्दा यो अमेरिकी जनताले हेर्न पाउँछन् वा पाउंदैनन भन्ने प्रश्न खडा भएको छ । भर्खर नियुक्त भएका बिल बार कानुनको ज्ञाता भए पनि उनले निष्पक्ष तरिकाले यो रिपोर्ट अमेरिकी सामु पेस गर्नेछन् वा छैनन् भन्ने कुरा भने प्रस्ट छैन ।
कतिपय विज्ञका अनुसार बहालवाला राष्ट्रपति विरुद्ध कुनै पनि आपराधिक गतिविधि गरे बापत सजाय दिन नमिल्ने न्याय मन्त्रालयको प्रचलन रहेकोले यो रिपोर्ट राष्ट्रपतिको विरुद्धमा आउने सम्भावना देखिँदैन । उनले रसियाको सहयोग खोजेको आशय देखिए पनि प्रत्यक्ष रूपमा रसियासँग मिलेर काम गरेको प्रमाण अहिले सम्म नदेखिएकोले राष्ट्रपति माथि कुनै आरोप लाग्ने अवस्था नरहेको उनीहरूको भनाइ छ । तर जे जस्तो भए पनि रिपोर्ट सार्वजनिक गर्न भने वर्तमान अटोर्नि जेनेरललाइ हाउस डेमोक्र्याटहरुले ठुलै दबाब दिने देखिन्छ ।