अमेरिकी सरकारले अमेरिकी भिसा आवेदकका लागि नयाँ नियम लागू गरेको छ।
नयाँ नियमअनुसार अब आवेदक (काम गर्न वा अध्ययन गर्न जानेहरू) ले सामाजिक सञ्जालसम्बन्धी आफ्ना सम्पूर्ण विवरणहरू बुझाउनुपर्ने हुन्छ।
अमेरिकी विदेश मन्त्रालयको नियमानुसार आवेदकले सामाजिक सञ्जालमा भएका नाम र पाँच वर्षदेखि प्रयोग गरेका इमेल ठेगाना एवम् फोन नम्बर बुझाउनुपर्नेछ।
‘अमेरिकामा वैध भ्रमणका लागि सघाइरहँदा हामीले अमेरिकी नागरिकको रक्षाका निम्ति हाम्रा जाँच गर्ने प्रक्रियालाई सुदृढ बनाउने संयन्त्र पत्ता लगाउने दिशामा हामी निरन्तर काम गरिरहेका छौं’,विदेश मन्त्रालयले भनेको छ।
ट्रम्प प्रशासनले सन् २०१८ को मार्चमा पहिलो पटक त्यस्ता नीतिबारे प्रस्ताव गरेको थियो।
नागरिक अधिकारसम्बन्धी द अमेरिकन सिभिल लिबर्टिज युनियनले ‘सामाजिक सञ्जालसम्बन्धी यस्ता पर्यवेक्षण प्रभावकारी वा निष्पक्ष भएको कुनै प्रमाण नदेखिएको’ जनाएको छ।
यसअघि आतंकवादी समूहहरू भएका ठाउँबाट जाने मानिसहरूले थप जाँचबुझका लागि त्यस्ता विवरण बुझाउनुपर्थ्यो।
(बिबिसीबाट)