कोरोना भाइरसबाट मर्नेको संख्या शुक्रबार अमेरिकामा ३५ हजार नाघेको छ।
त्यहाँ चार दिनयता लगातार २ हजार बढीले कोरोनाका कारण ज्यान गुमाइरहेका छन्।
रोयटर्सको पछिल्लो आकँडा अनुसार अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३५ हजार ४ सय ७९ पुगेको छ।
शुक्रबार सबैभन्दा बढी मृत्यु क्यालिफोर्निया राज्यमा भएको छ। त्यहाँ एक हजार जनाको मृत्यु भएको छ।
अमेरिकामा संक्रमित संख्या ७ लाख नाघेको छ।
बिहीबार एकैदिन अमेरिकामा ३१ हजार ४ सय २५ नयाँ संक्रमित थपिएका छन्।
अमेरिकामा एकैदिन सबैभन्दा बढी संक्रमित अप्रिल १० मा भेटिएका थिए। उक्त दिन ३५ हजार ७ सय १५ जना संक्रमित भेटिएका थिए।
अमेरिकाभर संक्रमण र मृत्युदर असमान छ। न्यू योर्क जस्ता घना आवादी भएका शहरमा संक्रमणको असर धेरै छ। अमेरिकाका आधा संक्रमित र मृतक न्यू योर्क राज्यबाट रहेका छन्।
अमेरिकाका ४२ राज्यले नागरिकहरूलाई घरैभित्र बस्न दिएको आदेशले व्यवसायसँगै मानिसहरूको दैनिकी चौपट पारेको छ। यसले गर्दा केही मानिसहरू सडकमा ओर्लिएर राज्यका गभर्नरहरूलाई जारी प्रतिबन्धका बारेमा पुनःविचार गर्ने भन्दै प्रदर्शन गर्न थालिसकेका छन्।