अमेरिकाको यातायात विभागले शुक्रबार अबेर चीनले आफ्ना विमानहरूलाई सेवा सुरु गर्न रोकेको आरोप लगाएको छ।
यसैगरी अमेरिकाले पनि चीनका विमानहरूलाई पनि अमेरिकामा जहाजको उडान तालिका दर्ता गर्न आदेश दिएको जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले चिनियाँ जहाजहरूमाथिको प्रतिबन्धहरूमाथि एकप्रकारले रोक लगाउन छोडेको भएपनि अमेरिका चीनसँग सहमतिमा पुग्न असफल हुँदै आएको छ।
यातायात विभागले जारी गरेको आदेशमा डेल्टा र युनाइटेड एयरलाइन्स दुबैले जुनबाट चीनमा आफ्नो सेवा सुरु गर्न लागिरहेको अवस्थामा यस परिस्थितिलाई 'गम्भीर' भनेको छ।
चिनियाँ जहाजहरूले भने कोरोना महामारीकाबिच पनि अमेरिकामा उडान गरिरहेका थिए।
आदेशमा एयर चाइना, चाइना इस्ट्रन एयरलाइन्स, चाइना साउदर्न र हेनान एयरलाइन्सलाई उडान तालिका र अन्य विवरणहरू मे २७ सम्म पेस गर्न भनिएको छ'।
यसअघि जनवरी ३१ मा अमेरिका सरकारले सो समयभन्दा १४ दिन अगाडि चीनको यात्रा गरेका गैर-अमेरिकी नागरिकहरूलाई अमेरिका भ्रमणमा प्रतिबन्ध लगाएको थियो तर उसले चिनियाँ जहाजको उडानमा त्यतिबेला कुनै प्रतिबन्ध लगाएको थिएन।