नेपाल पत्रकार महसंघका अध्यक्ष विपुल पोखरेलले एमसीसीको निर्णय समयमै नभए नेपालमा थप ध्रुविकरण हुने बताएका छन्।
मंगलबार अमेरिकाको, बाल्टिमोरमा नेपाली पत्रकारसँगको भेटघाटमा पोखरेलले भने, ‘एमसीसीमा रहेको लेखा परीक्षण सम्बन्धी व्यवस्थाका कारण दलहरूबीच लफडा देखिएको हो कि भन्ने आशंका गरिएको छ। यसलाई चाँडो टुंगोमा नपुर्याउने हो भने नेपाली समाजमा थप ध्रुविकरण बढ्नेछ।’
एमसीसी अर्थात मिलेनियम च्यालेन्ज कर्पोरेसनबारे नेपालमा विवाद भइरहेको समयमा अमेरिका भ्रमणमा रहेका पोखरेलले यसबारेमा संसदले छिटो निर्णय गर्नुपर्ने बताए।
एमसीसी नेपाल कम्प्याक्टको लागि नेपाल र अमेरिकी सरकारबीच सन् २०१७ सेप्टेम्बर १४ मा हस्ताक्षर भएको थियो। यस परियोजनाको कूल बजेट ५०० मिलीयन रहेको छ ।
नेपाल अमेरिका पत्रकार संघको अधिवेसन उद्घाटन गर्न अमेरिका आएका पोखरेलको सम्मानमा आजै बाल्टिमोरका अवैतनिक नेपाली महावाणिज्यदूत प्रेमराजा महतले विशेष कार्यक्रमको आयोजना गरेका थिए।
अध्यक्ष पोखरेलले यसअघि सोमबार नर्थ क्यारोलिनाका नेपाली अमेरिकन व्यवसायीसँग अन्त्रक्रिया गरेका थिए। कार्यक्रम नेजाका पूर्व महासचिव किरण मरहठ्ठा, नेपाल पत्रकार महासंघका पूर्वसदस्य दिवाकर बागचन्द र रेडियो पत्रकार डियर कल्याणले पनि आफ्ना विचार राखेका थिए।