थारू समुदायको महत्वपूर्ण पर्व माघी तथा थारूहरुको नयाँ वर्ष २६४५ न्यूयोर्कमा पनि मनाईएको छ।
थारू एण्ड फ्रेण्ड्स एसोसियसनले रिजउडमा माघी पर्वको शुभकामना व्यक्त गर्दै हेन्ड स्यानिटाइजर वितरण गरी माघी पर्व मनाईएको हो।
पछिल्लो समय न्यूयोर्कलगायत विभिन्न राज्यमा बढिरहेको ओमिक्रोन भाइरसलाई परास्त गर्ने उद्देश्यले पाँच सय थान हेन्ड स्यानिटाइजर वितरण गरी माघी पर्व मनाएको थारू एण्ड फ्रेन्ड्स एसोसियसनका उपाध्यक्ष दिपक चौधरीले जानकारी दिए।
उपाध्यक्ष चौधरीको नेतृत्वमा माघीलाई थारु समुदायले विशेष पर्वको रुपमा मनाउँदै आएको छ। विभिन्न समुदाय र जात जातिले भिन्नभिन्न रुपमा आफ्नै मौलिक तरीकाले विभिन्न नाम दिई मनाउँदै आएको छ भने, थारु समुदायमा माघीलाई वर्षभरी गड़ने कामको योजना बनाउने दिनको रुपमा लिइन्छ।
आफ्नो मौलिकता, भाषा, संस्कृति र भेषभुषालाई संरक्षण गर्नका लागि पनि यो पर्व मनाएको चौधरीको भनाई छ।
ओमिक्रोन भाइरस बढीरहेका कारणले अहिलेको वर्तमान परिस्थितिमा भाइरसलाई परास्त गर्न नेपाली समुदायका व्यक्तिहरुलाई सहयोग पुगोस भनेर स्यानिटाइजर वितरण गरी फरक ढंगले यो पर्व बनाएको चौधरीले बताए।