जलवायु संरक्षण सम्वन्धि वहुचर्चित पेरिस सम्झोतावाट अमेरिका वाहिरिएको छ। पेरिस सम्झौतावाट वाहिरिने निर्णय गर्दै राष्ट्रपति ट्रम्पले एक टूयीट गरेका छन- "मेक अमेरिका ग्रेट अगेन"। राष्ट्रपति ट्रम्पका समर्थक भन्छन- पेरिस सम्झौतावाट वाहिरिने निर्णय राष्ट्रपति ट्रम्पको चुनावी वाचा थियो जसलाई ट्रम्पले आज पुरा गरेका छन।
पेरिस सम्झौतावाट वाहिरिने निर्णय गर्नु पूर्व राष्ट्रपति ट्रम्पले भनेका थिए-पेरिस सम्झौताले चीन र भारत जस्ता मुलुकहरूलाई फायदा पुर्याएको छ र यस सम्झौता मार्फत अमेरीकाको प्रक्रितिक सम्पदा लाई अन्य मूलुकहरूले फायदा लिई रहेका छन। भारतले अरबौं डलर खर्चेर विदेशी सहयोग लिएर यस सम्झौतामा सहभागी भएको छ।
पेरिस सम्झौताका वारेमा राष्ट्रपति ट्रम्पले भनेका थिए-यो सम्झौता यस्तो उदाहरण हो जस मार्फत वाशिंगटनले अन्य मूलुकको फायदाका लागी अमेरीकाको हित विपरीत कार्य गरेको छ। अमेरीका आज वाट नै गैर बाध्यकारी पेरिस सम्झौता लागू गर्न बन्द गर्नेछ।
राष्ट्रपति ट्रम्पले पेरिस सम्झौतावाट वाहिरिने निर्णय गर्दै भने- हामी एक नयॉ शिरावाट नयॉ सम्झौता गर्नेछौ, जसवाट अमेरीकी हितको रक्षा हुनेछ। उनले अगाडी भने- म एउटा यस्तो सम्झौता गर्न चाहान्छु जसवाट अमेरीकाको औद्योगिक हितको रक्षा हुन्छ र अमेरिकि जनताले रोजगारी प्राप्त गर्न सक्नेछन।
गत साल राष्ट्रपतिय निर्वाचनको दौडमा राष्ट्रपति ट्रम्पले चुनावी प्रचारका दौरान अमेरीकालाई जलवायु परिवर्तन सम्वन्धि पेरिस समझौतावाट हटाउने वाचा गरेका थिए।
के हो पेरिस सम्झौता?
जलवायु परिवर्तन तथा ग्लोबल वार्मिंग भन्नाले उद्योग, कलकारखाना तथा कृषि कार्यवाट उत्सर्जित हुने रसायनिक ग्यॉसवाट वातावरणमा पर्ने नकारात्मक तथा हानी योग्य असर हो। पेरिस सम्झौताको उदेश्य वातावरणमा ग्यॉसको उत्सर्जन कम गर्दै विश्वमा बढि रहेको तापमान लाई रोकनु थियो। पेरिस सम्झौताले तापमान लाई दुई डिग्री सेल्सियस वाट तल राख्दै १ दशमलव ५ डिग्री सेल्सियसवाट माथी चढन नदिने लक्ष्य लिएको थियो।दैनिक मानवीय कार्यवाट हुने ग्रीनहाउस ग्यॉस उत्सर्जन लाई एक स्तरमा राखि रूख, माटो तथा समुद्रले त्यसलाई प्राकृतिक रूपले ग्रहण गर्न सकोस भन्ने पेरिस सम्झौताले लक्ष्य लिएको थियो।यस कार्यका लागी सन २०५० वाट सन २१०० का विच सम्पादन गर्ने पेरिस सम्झौताले लक्ष्य थियो। यस कार्यको प्रगतिको समीक्षा हरेक पॉच वर्षमा ग्यॉस उत्सर्जनमा भएको कटौतीमा प्रत्येक देशको भूमिका र प्रगतिको समीक्षा गर्ने कार्ययोजना समेत वनाईएको थियो।
पेरिस सम्झौतावाट हटने ट्रम्पको निर्णयमा सर्वत्र आलोचना
पेरिस सम्झौतावाट अमेरिका वाहिरिने वारे राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयमा विश्वका संरक्षणविदहरू स्तव्ध भएका छन। पेरिस सम्झौताका हस्ति मूलुकहरू - ईटाली, फ़्रान्स र जर्मनीले आज एक संयुक्त प्रेस वक्तव्य जारी गर्दै पेरिस सम्झौतावाट हटने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयको आलोचना गर्दै उक्त सम्झौतालाई पुनरावलोकन गर्ने ट्रम्पको प्रस्तावलाई ठाडै नकारेको छ। राष्ट्रपति ट्रम्पको ट्यीटरमा अत्याधिक विरोधका टूयीटहरू गरिएका छन।पूर्व राष्ट्रपति बाराक ओवामाले राष्ट्रपति ट्रम्पको निर्णयको चर्को विरोध गरेका छन। त्यस्तै,अमेरिकाका सेलिव्रेटिहरूले समेत राष्ट्रपति ट्रम्पको निर्णयको चर्को विरोध गरेका छन।लियोनार्डो डिकाप्रियोले ट्यीट गर्दै हाम्रो धरती जोखिममा परेको जनाएका छन।