गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद अमेरिकाकी उपाध्यक्ष रविना थापाले मेरिल्याण्ड राज्यका गभर्नर ल्यारी हेगनसँग यही जून ८ तारिखमा भेट गरेकी छन्।
उक्त भेटघाटमा उपाध्यक्ष थापाले सम्पूर्ण नेपाली समुदायको प्रतिनिधित्व गर्दै एनआरएन एनसिसि युयसएको प्रतिनिधित्व गर्दै नेपाली समुदायको ज्ञापन पत्र समेत बुझाएकी थिइन्।
उक्त ज्ञापन पत्रमा मुख्यतः नेपाली समुदाय सांस्कृतिक, जनसंख्या, भाषा धेरै कारणले माइनोरिटीमा पर्ने हुदा माइनोरिटी जनसंख्याले पाउने सुविधा पाउनको लागि पहल गरिदिन जोड गरिएको र अन्य विविध नेपाली डायस्पोराको लागि महत्वपूर्ण कुराहरू उल्लेख गरेको थापाले ग्लोबल सेतोपाटीसँग भनिन्, ‘उहाँ ज्ञापन पत्र र नेपाली डायस्पोराको गतिविधि प्रति सकारात्मक भएको पाएँ।’
आफूले एनआरएन अमेरिकालाई यहाँको सरकारसँग जोड्ने यो सानो प्रयास गर्न पाउँदा खुसी रहेको बताईन्।
एनआरएनमा विधि र सिस्टमको कुरालाई मुख्य जोड दिदै आईरहेकी वर्तमान कार्य समितिको उपाध्यक्ष थापा विभिन्न सामाजिक संघ संस्थाहरूको सफल नेतृत्व गरिसकेकी छन् भने सन् २०१७ देखि २०१९ सम्म एनआरएन अमेरीकाको कार्यकालका लागि अध्यक्षकी प्रत्यासी पनि हुन्।