अल्ट्रा धावक तथा हिमाल आरोही सञ्जय पण्डितको अमेरिकामा मृत्यु भएको छ। प्यूठान घर भएका पण्डितको अमेरिकाकाफो अलास्काको डेनाली माउन्ट आरोहणका क्रममा हाई अल्टच्युडका कारण मृत्यु भएको दूतावास स्रोतले सतोपाटीलाई जानकारी दियो।
अलास्का राज्यको डेनाली नेशनलपार्क स्थित उक्त हिमाल आरोहरणका क्रममा पण्डितको शुक्रबार निधन भएको हो। सगरमाथासहित नेपालका आधा दर्जनभन्दा बढी हिमालको सफल आरोहण गरेका उनी ६ हजार १ सय ९० मिटर अग्लो हिमाल आरोहणका क्रममा निधन भएको हो।
खराब मौसमका कारण उनको सव ल्याउन कठिन भएको दूतावासले जनाएको छ। दूतावासका प्रवक्ता प्रकाश श्रेष्ठका अनुसार उनको शव ल्याउन मौसमले साथ दियो भने २ दिन भित्र ल्याउन सकिन्छ।