अमेरिकी सेनामा तेस्रो लिंगी व्यक्तिहरुले काम गर्न नपाउने भएका छन्।
राष्ट्रपति ट्रम्पले बुधबार ट्वीटरमा दिएका अभिव्यक्तिमार्फत तेस्रो लिंगीलाई अमेरिकी सेनाको कुनै पनि पदमा काम गर्न नदिइने बताएका हुन्।
तेस्रो लिंगीका कारण सेनाको औषधि खर्च तथा अन्य कारणले धेरै बोझ थप्ने भएकाले वरिष्ठ सैनिक अधिकारी तथा विज्ञहरुसँगको सल्लाहपश्चात आफूले सो निर्णय गरेको उनले बताएका छन्।