रुसले ७५५ जना अमेरिकी कूटनीतिज्ञलाई देश छाड्ने आदेश दिएको छ।
अमेरिकाले रुसमाथिको प्रतिबन्ध जारी राख्ने भएपछि राष्ट्रपति भ्लाद्मिर पुटिनले आगामी सेप्टेम्बरसम्ममा ती कूटनीतिज्ञलाई देश छाड्ने आदेश दिएका हुन्।
गत शुक्रबार दुई देशबीच तत्काल सम्बन्ध सुधारिने छाँटकाँट नदेखेको बताउँदै पुटिनले सो निर्णय गरेका हुन्।
यसपछि रुसमा ४५५ जना अमेरिकी कूटनीतिज्ञ रहनेछन्।
कूटनीतिज्ञ निष्कासनको यो कदम आधुनिक इतिहासकै सबैभन्दा ठूलो निष्कासन मानिएको छ।
निष्कासनमा पर्नेमा अमेरिकाका लागि काम गर्ने रुसी कर्मचारी पनि समावेश भएको बताइएको छ।
गत शुक्रबार अमेरिकी सिनेटले रुस, इरान र कोरियामाथि प्रतिबन्ध लगाउने प्रस्ताव पास गरेपछि रुसले जवाफस्वरुप निष्कासनको कदम चालको हो।
अमेरिकाले रुसको यो कदम अफसोसजनक भएको भन्दै यसको जवाफ कसरी दिने भन्नेबारे सोचिरहेको सम्बन्धीत अधिकारीले बताएका छन्।
अमेरिकाले यसअघि नै रुसी नागरिक र कम्पनीहरुमाथि नाकाबन्दी लगाएको छ। गत वर्षको डिसेम्बरमा पूर्व राष्ट्रपति बाराक ओबामाले ३५ रुसी कूटनीतिज्ञलाई फिर्ता पठाइदिएका थिए।