एनआरएन अमेरिकाको निर्वाचन आयोगका तर्फबाट प्रमुख बन्दिता शर्माले आज अगस्ट ९ तारिखका दिन एनआरएन आईसिसि अध्यक्ष शेष घलेलाई इमेलमार्फत निर्वाचनका दौरान अध्यक्षका प्रत्यासी गौरी जोशीको उम्मेदवारीको योग्यताका विषयमा उत्पन्न विवाद र त्यसबाट श्रृजित घटनाक्रमका बारेमा जानकारी गराएकी छन्।
यद्यापी, जोशीले आफ्नो उम्मेदवारीका लागि योग्यताको प्रमाणका रूपमा विश्वासिलो श्रोतबाट कागजात पेश गरेता पनि तोकिए बमोजिम आईसिसिको सचिवालयबाट आधिकारीक रुपमा प्रमाण पेश गर्न नसकेको उक्त ईमेलमा उल्लेख गरिएको छ।
त्यस्तै, जुलाई २२ ,२०१७ मा आईसिसिका महासचिव बद्री केसीमार्फत प्रमाण प्राप्त भइ जोशीको उम्मेदवारी कायम गर्न आयोग तयार भएको अवस्थामा पुनः तपाई (शेष घले) को ईमेलबाट आईसिसिले बद्री केसीबाट प्रस्तुत भएको पत्र उपर छानविन गरेको भन्ने जानकारीको पत्र प्राप्त भएको ब्यहोरा समेत उक्त ईमेलमा उल्लेख गरिएको छ ।
गौरी जोशीको उम्मेदवारीका लागि आईसिसीले तीन सदस्यहरु भएको छानविन कमिटी गठन भएको र उक्त समितिले छानविन गरी गौरी जोशीको उम्मेदवारी सिफारिस गरेको पत्र आईसिसिका क्षेत्रीय समन्वयकर्ता र उप क्षेत्रीय समन्वयकर्तालाई पठाएको ब्यहोरामा निर्वाचन समिति जानकार रहेको तर त्यस निर्णयका बारेमा क्षेत्रीय समन्वयकर्ताहरु मार्फत निर्वाचन समितिलाई कुनै पत्र प्राप्त नभएको ईमेलमा जानकारी गराएको छ ।
निर्वाचन सम्पन्न गराउन स्थापित बिधि र नियममा निर्वाचन समिति अडिग रहेको र क्षेत्रीय समन्वयकर्ता र सह समन्वयकले केन्द्रिय, क्षेत्रीय र स्थानीय एनआरएनबिच पुलको भूमिका निर्वाह गर्ने भन्ने आफ्नो बुझाई रहेकोले निर्वाचन आयोगलाई उक्त सिफारिस पत्र किन पठाईएन लिखित जवाफ पाउन एनआएनका केन्द्रिय अध्यक्ष शेष घलेलाई अनुरोध गरेको छ।
ईमेलको अन्तमा यो विवाद अहिले अदालतमा पुगेको र आफू एउटा लाईसेन्स प्राप्त अधिवक्ता भएका कारण यसको प्रभावकारीताका बारेमा जानकार रहेको उल्लेख गर्दै आफूले स्थापित नियम अनुसार निश्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउन प्रयासरत रहेकोले एनआरएनको सबै तप्काबाट सहयोगको आशा गरेको जनाईएको छ।
आगामी ११-१२ अगस्टमा तोकिएको निर्वाचन अर्को सूचना नभएसम्मका लागि स्थगित गरीएको ब्यहोरा निर्वाचन आयोगले एक सूचना मार्फत हिजो जनाएको थियो। चुनाव स्थगनको कारण उक्त सूचनामा उल्लेख गरिएको थिएन।
यस्तो छ पत्र Mr. Shesh Ghale,Good Morning!
This is my first letter to you in the capacity of the election commissioner. I am sure you are aware of the issues going on the with the current NRN election.
Our team has been abided by or followed the ICC bylaws/ rule and that’s the basis/ platform/ requirement we set for this election. The reason for me writing is the much controversy has been around the qualification of one of the candidate, Mr. Gauri Joshi.
Although he submitted the recommendation letters from very reputable sources he has not been able to submit the authentic documents from the secretariat. On July 22nd, 2017 we received the document from Mr. Badri KC and we were in the process of accepting that document. However, on July 25, we received a letter from you stating (among other things) that ICC is investigating the letter from the general secretary. I am aware that the three committee team was formed to investigate regarding the candidacy of Gauri Joshi and I am also aware that that committee have already given the their decision and the decision was sent to the RC and DRC to be forwarded to Election commission.
However, I have not received any communication in this matter. I am abiding by the rule, as per my understanding RC and DRC’s role is to build the bridge between the central, regional and local NRN by transparent coordination. I would like to know in writing at the earliest why I have not received any of those letters.
You are aware that matter has been in the court already and as a licensed attorney I understand the implication. I am trying every attempt to conduct the election fairly against all the odds. I need the support from all the patron of this organization.
Under normal circumstance I would not have bypassed RC or DRC but since the matter is concerned with them I am reaching out to you.
Sincerely,
Bandita Sharma Dahal, Esq.