समग्र चिकित्सा क्षेत्रको सुधारका लागि विगत २० दिनदेखि आवरण अनसनमा बसेका त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीको मागमा अमेरिकास्थित अमेरिका-नेपाल पोलीसी रिसर्च सेन्टरले ऐक्यवद्धता जनाउँएको छ।
सेन्टरले एक विज्ञप्ति निकाल्दै नेपाल सरकार र सांसदहरुलाई सम्बोधन गर्दै एउटा सत्याग्रहीमाथि हुन गएको अत्याचारको पराकाष्ठा तुरुन्त अन्य गर्न आग्रह गरेको छ। उसले लोकतन्त्रलाई माफियातन्त्र नबनाऊन आग्रहसमेत गरेको छ।
‘मूलतः नेपालको स्वाथ्यशिक्षामा भएको राजनीतिक माफियाकरण विरुद्धको उनको लडाइँ पूर्णत नेपाल र नेपालीको हितमा भएको हुदाँ नेपाल सरकारले छिटोभन्दा छिटो डा. केसीका मागको सम्बोधन गरी ती सदाचारी डाक्टरको बाँच्न पाउने अधिकारको रक्षा गर्नु अनुरोध गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ।
प्रेश विज्ञप्तिको पूर्ण पाठ डा. गोविन्दको केसीले बाँच्न पाउनु पर्छ
नेपाल सरकार र सांसदहरु, एउटा सत्याग्रहीमाथि हुन गएको अत्याचारको पराकाष्ठा तुरुन्त अन्य गर । लोकतन्त्रलाई माफियातन्त्र नबनाऊ ।
डा. गोविन्द केसी अब एक व्यक्तिमात्र हैन, दुराचार र व्यभिचार विरुद्ध लड्ने एक सँस्था भैसकेका छन् । जसका बलमा देशका विधिविधान र नीतिनियम बाँचेका छन् ।
मूलतः नेपालको स्वाथ्यशिक्षामा भएको राजनीतिक माफियाकरण विरुद्धको उनको लडाइँ पूर्णत नेपाल र नेपालीको हितमा भएको हुदाँ नेपाल सरकारले छिटोभन्दा छिटो डा. केसीका मागको सम्बोधन गरी ती सदाचारी डाक्टरको बाँच्न पाउने अधिकारको रक्षा गर्नु अनुरोध गरेका छौं ।
एउटै व्यक्तिले तीनै मागका लागि पटकपटक गरी एघारौं पटकसम्म अनशन बस्नु परेको इतिहास सायद संसारका अन्य कुनै प्रजातान्त्रिक मूलुकमा नहुन सक्छ । तिनै मागमा सरकारले हरेकपटक सम्झौता गरी हरेकपटक उलंघन गरेको उदाहरण पनि संसारमै नहुन सक्छ । लोकतान्त्रिक पद्धति अपनाएको नेपाली राजनीतिमा हावी भएको यो निचतम् प्रवृत्तिको हामी घोर भत्र्सना गर्छौ । यो प्रवृत्तिले हामी कस्तो लोकतान्त्रिक अभ्यास गर्दैर्छौ भन्ने डरलाग्दो प्रश्न पनि उठाएको छ।
नेपालका हरेक सरकारले लोकतान्त्रिक पद्धतिप्रति नै वितृष्णा हुने गरी गरेका यस्ता लज्जाहिन प्रवृत्तिले देशमा अस्थिरता र आशंका झन्भन्दा झन् बढ्न गएको तथ्यलाई स्विकारेर नेतृत्वले आफ्नो छवि सुधार गरोस् भन्ने कामना पनि गर्दछौं ।
संस्थाका तर्फबाट शिवप्रकाश