‘हामी नष्ट हुनेछौँ तर भ्रष्ट हुनेछैनौ’ भन्ने प्रतिज्ञाका साथ नेपालमा गठन भएको विवेकशील साझा पार्टीको लागि सद्भाव राख्ने विवेकशील साझा समूह ग्लोबलले हालै नेपालको तराई क्षेत्रमा आएको बाढी र पहिरो पीडितका लागि गोफण्ड मार्फ़त राहत रक़म संकलन शुरु गरेको छ।
‘हामी प्रवासमा छौ। हाम्रो तराई क्षेत्र डुवानमा छ र यती वेला रोगको संक्रमण, रासन र लत्ता कपडा नभएर जनजीवन कष्टकर भएको छ। अत: फजुलको खर्च रोकि आ-आफ्नो तह र तप्काले भ्याएसम्म ती पीडित परिवारको सहयोगमा हातेमालो गरौ’ भन्न्दै सबै शुभचिन्तकहरुलाई सहयोगका लागी अनुरोध गरीएको छ ।
शुभेच्छुकबाट संकलित उक्त रक़म बाढी तथा पहिरोको प्रकोप क्षेत्रमा अत्यन्तै पारदर्शिता अनुसार बितरण गरिने कुरा राहत अभियानका संयोजक डा. राजेन्द्र पंगेनीले बताए। बीस हज़ार डलरको राहत संकलनको लक्ष्य भएको सो अभियानमा सुनिलमणि दाहाल र सरगम भट्टराईले पनि ऐक्यवद्दता ब्यक्त गर्दै सबैलाई सक्दो सहयोग गर्न अनुरोध गरेका छन्।
त्यसै गरी स्वतन्त्र ग़ैर आवासीय नेपालीहरुले पनि सक्दो सहयोग गर्ने जनाएका छन्। गोफन्डको प्रयोग गरी संसारको कुनै पनि कुनाबाट क्रेडिट या डेबिट कार्डको प्रयोग गरि केही मिनेटमै सरल तरीकाले सहयोग गर्न सकिन्छ।
सहयोगका लागि तलको लिंकमा जानुहोला।
https://www.gofundme.com/nepalflood-bibeksheelsajha