अमेरिकाको न्यूयोर्कमा एक अमेरिकी नागरिकले नेपाली महिलालाई हत्याको उद्देश्यले रेलको ट्र्याकमा धकेलेका छन्। प्रहरीका अनुसार ती व्यक्तीले पूर्व सूचना दिएर नेपाली नागरिकलाई रेलको ट्र्याकमा धकेलका हुन्।
न्यूयोर्क टाइम्सका अनुसार कमला श्रेष्ठलाई न्यूयोर्कको इस्ट भिलेजको एफ ट्रेन प्लाटफर्ममा रेलको ट्र्याकमा धकेलिएको हो।
उनलाई गुड स्मार्टेन्सले ट्र्याकबाट बाहिर निकालेका थिए। उनको टाउको १० टाँका लगाइएको छ। ट्र्याकमा धकेल्ने व्यक्तिलाई भने प्रहरीले खोजीरहेको जनाएको छ। श्रेष्ठले घटनापछि 'आफूलाई मर्ने चाहाना नभएको' प्रतिक्रिया दिएकी छिन्। पछिल्लो समय विदेशी नागरिकमाथि अमेरिकामा आक्रमणका घटना हुन थालेका छन्।