नेपाल आईडलको टप टेनतिर चलिरहेको थियो। कसैले यो स्तम्भकारको फोनमा नेपाल आईडलका एक प्रतिश्पर्धी बुद्ध लामालाई भोट गरेर सहयोग गरिदिन अनुरोध गरे। लामा गरिब परिवारको भएकोले सपोर्ट गर्नुपर्ने आग्रह आएपछी यो कार्यक्रम हेर्न शुरू गरे।
त्यसो त लामाको स्वर पनि कम्ति रहेन छ। पत्रकारिता पछि मलाई मन पर्ने विधा गीत संगीत हो। मैले छिटफुट हेरिरहेको आईडल नियमित हेर्न थाले र भ्याएसम्म भोट गर्न थाले र अहिलेसम्म गरिरहेको छु। तर जव मैले नेपाल आईडल हेर्न भ्याए तव मलाई एउटा आवाजले सधै हृदयमा छोईरहेको छ।
पछिल्लो समयमा देश बाहिर रहेको र समय नमिल्ने भएकोले मैले लाईभ हेर्न नपाएपनि रेकर्डहरू दोहर्याई तेहर्याई हेरिरहेको छु। मात्र हैन भोट पनि गरिरहेको छु। पछिल्लो एउटा शृखलाको कुरा हो। एउटा अथिति निर्णायकको रूपमा यस कार्यक्रममा उपस्थित भएका गायक रामकृष्ण ढकालको विषयले सामाजिक सन्जालमा निकै चर्चा पाएको देखियो।
सकारात्मक कम र बढी नकारात्मक विचार बोकेको त्यो हल्लाले उनको जीवनमा निकै चोट पुगेको कुरा यसबारे उनले दिएको स्पष्टीकरण भिडियो अन्तर्वार्ता देखेपछि थाहा भयो। उनले अथिति न्यायकर्ता र संगीतजीवनमा सिकेको दक्षताको आधारमा लामाकै पर्तिश्पर्धी निशान भट्टराईको मूल्याँकन गरेपछी गायक ढकालप्रति एउटा अराजक प्रवृति खनिएको रहेछ।
देशको ईज्जतदार कलाकार त्यो पनि जिउदै व्यक्तिलाई प्रविधीको दुरूपयोग गर्दै टाउको र शरीर छुट्याएर मृत घोषणाको शव्द चित्र कोरेर अमानवताको पराकाष्टा देखाईएको रहेछ। छानिएका सवै प्रतिश्पर्धी राम्रो मानिन्छन र मान्नुपर्दछ। अहिलेसम्मका चार प्रतिश्पर्धीहरूमा भोली भट्टराई, लामा, दास र आले जसले जिते पनि स्वीकार्न सक्नुपर्छ। तर एउटा साधनाबाट स्थापित भएको श्रष्टा गायक ढकालको विषयमा टीप्पणी गर्ने हाम्रै समाजको एउटा पवृति छ जो बढी कट्टर जातीबादको पक्ष घुसाएर राजनिती गरिरहेको छ।
अमानवीय र दणडहिनताकको धरातल देखाउने त्यो प्रवृतिले गायक ढकाललाई हराएर ढकालको अर्को पुस्तालाई कसरी जिताउनसक्छ ? पछिल्लो अथिति निर्णायक गायक राजेश पायलकै शव्दमा भन्दा ढकाल विरोधी पक्ष संगीत भन्दा राजनीति विधालाई मन पराउछ। संगीतको जात हुदैन। एउटा गाएक जसले सिगो जीवन त्यसमै सुम्पिएको छ। जतिनै उतार चढ़ाव आए पनि।
जसले सायद नारायण गोपालपछिको पुस्ताको नेतृत्व गर्ने क्षमता राख्छ। आफुले सिकेको लामो साधानाको आधारमा व्यक्तिगत स्नार्थभन्दा माथी उठेर विचार वोल्छ, त्यसलाई जातको राजनीति गर्ने कुनै लक्षित समुहले न्युनतम हाम्रो मौलिक संस्कार वोल्न नजानेर चरित्र हत्या गर्दछ भने त्यो समाजले ढकाल, राईलाई पनि कुनैदिन विवादित वनाउन बेर छैन। तर यो पंतिकारलाई यसमा भने विश्वास कम छ किनकी उनीहरूले आफ्नो जातभन्दा माथी उठेर योगदान गरिसकेका छन र त स्थापित भैसकेका छन्।
त्यसो त यो आईडलको नियमित दर्शक भैसकेपछि कार्यक्रमका विषयमा शुरूवात देखिनै निकै मनोगत विश्लेषणहरू पनि गरिएको पाईयो। कार्यक्रमका निर्णायक मण्डलहरूको विषयमा गरिएका कमेन्टहरू हेर्दा लाग्छ संगीतलाई संगीतकर्मीहरूले होईन दर्शकहरूले बढी बुझेका रहेछन जुनकुरा कहिल्यै सुहाउदैन र सत्य पनि त्यो होईन। दर्शकको हैसियतमा भएको म जस्तै दर्शक दर्जामा रहेकाभन्दा संगीतमा साधना गरिरहेको गायक ढकाललाई नै बढी थाहा हुन्छ कि गायन के हो र गायनमा को कति राम्रो छ।