अमेरिका, जनसम्पर्क समिति अमेरिका जति संगठित भनिन्छ त्यतिनै विगठीत देखिन्छ।
विभिन्न वहानामा विवादित र विगठीत भैराख्ने यो संगठन पछिल्लो समयमा एनआरएनको चुनावको विषयले गुटगुटमा विभाजित भएको छ।
पूर्वदेखि वर्तमान पदाधिकारीहरूसम्म आ-आफ्नो स्वार्थमा हिडेपछि संगठनभित्र रडाको मच्चिएको छ। गएको एनआरएन चुनावमा दुइटा गुटमा देखिएको यो संगठन यसपटक तीन गुटमा विभाजित भएको छ।
अघिल्लो चुनावमा समितिका वर्तमान अध्यक्ष आनन्द विष्टको पक्षले नगेन्द्र पौडेललाई र समितिका पूर्व संयोजक विष्णु सुवेदीको समूहले एनआरएन अमेरिकाका वर्तमान अध्यक्ष डा केशव पौडेललाई अध्यक्षमा ईन्डोर्स गरेका थिए।
यसपटक भने उनीहरूका आ आफ्ना उमेद्वारहरू त छदैछन समिति भित्रकै बरिष्ठ उपाध्यक्ष रहेका धनन्जयनरसिंह केसीले तेस्रो उमेद्वार खडा गरेपछि समिति तीनतिरबाट एनआरएनए चुनावमा होमिएको छ।
यस पटक समितिका अध्यक्ष विष्टले एनआरएनएका अध्यक्ष पदका उमेद्वार कृष्ण पोखरेललाई समर्थन गरेको बताउँदै सार्वजनिक घोषणा गरेका छन् भने पूर्व संयोजक सुवेदी पक्षले पुन अध्यक्ष पदमा उमेद्वारी दिएका डा पौडेललाई अगाडि सारेको छ।
यता समितिका बरिष्ठ उपाध्यक्ष केसीको पक्षले अध्यक्षका उमेद्वार रविना थापालाई समर्थन गरेको छ। सुरूवातमै समितिका पूर्व संयोजक सुवेदी र उपाध्यक्ष केसी आआफ्ना नजिकका व्यक्तिलाई अध्यक्ष पदमा उमेद्वार भनेर उद्घोष गरेपनि समितिका अध्यक्ष विष्ट भने निर्वाचनको अघिल्लोदिन खुलेका हुन।
उनले निर्वाचनमा सहभागी नगराईएका व्यवसायी गौरी जोशीलाई अप्रत्यक्ष समर्थन गर्दै आएका थिए तथापि पोखरेल दोस्रो रोजाईमा थिए।
जोशीको बहिर्गमनसँगै विष्ट पक्षको रोजाई पोखरेल वन्नपुगे। तर विष्टले समितिकै समर्थन पोखरेललाई रहेको सार्वजनिक घोषणासँगै बहालवाला महासचिव मुनेन्द्र नेम्वाड र बरिष्ठ उपाध्यक्ष केसीले त्यसको विरोध गरेपछि समितिभित्रको झगडा सार्वजनिक भएको हो।
महासचिव नेम्वाड यसअघि सुवेदी पक्षमा रहे पनि यस पटक खुलेर उनीसँग लाग्न सकेका छैनन। भनिन्छ सुवेदीले गएको पार्टीको महाधिवेशनमा भागलिन सहयोग नगरेपछि नेम्वाड उनीसँग खुसी छैनन। उनले थापा र डा पौडेल दुवैलाई चित्त वुझाउने शैलीमा उभिएको बुझिन्छ।
लड़ाईको खास अर्थ नभएपनि समितिका लागी एनआरएन यसपटक पनि शक्ति प्रदर्शनको माध्यम वनेको छ। तर यसपटक समिति वाहेक अन्य राजनीतिक संगठनहरूको आफ्नो उमेद्वार कोही नभएपछि अध्यक्ष पदका चारमध्य तीनै जना लाई समितिका पदाधिकारीहरूले आआफ्नो हिसावले समर्थन गरेका छन।
चारमध्ये राम पोखरेल भने स्वतन्त्र हिसावले लागेको देखिन्छ। समितिका पदाधिकारीहरूसँगै विभाजित मतदाताहरू पनि समितिको झगडालाई कम गर्ने भन्दा चर्काउने भूमिकामै छन जो आस्थाका हिसावले समितिसँग नजिक छन। त्यसो त स्वतन्त्र मतदाताहरू नभएका होईनन् तर समिति दुई दर्जनभन्दाबढी राज्यमा फैलिएकोले परिणामलाई असर पुग्ने जानकारहरूको अडकल छ।
त्यसो त अघिल्लो चुनावमा पनि समितिकै दुई पक्षका उमेद्वारहरू पहिलो र दोस्रो भएका थिए। चुनाव जित्ने आसामा पनि पनि उमेद्वारलाई शुरूमा स्वतंत्र रहेपनि अन्तिममा समितिसंग नजिक हुने गरेको आरोप लाग्दै आएको छ।
समिति भित्रको लडाईले एनआरएनमा साझा उमेद्वार वन्न नसकेको धेरैको आरोप छ। गतसालको एनआरएनको केन्द्रीय सम्मेलनमा अध्यक्ष डा पौडेलले आफुलाई समर्थन गरेका सुवेदी पक्षको कुरामा लागी डेलिगेट्समा नराखेको कुरामा विष्ट पक्ष असन्तुष्टी जनाउदै आएको थियो।
एकअर्कामा असहयोगी वनेका उनीहरू अहिले पनि एकै ठाउमा देख्न सकिएन। यसप्रकारको लडाईले दुवै संगठनलाई तहसनहस पार्ने गरेको अनुभव यहॉ छ। समिति मात्र हैन पछिल्लो समयमा एनआरएनए पनि आकारमा ठूलो देखिएपनि कमजोर वन्दै गएको यसका सदस्यहरूले महसुस गरिरहेका छन। अध्यक्ष पदका प्रतिश्पर्धी उमेद्वारहरू सवै समितिसँग नजिक रहेकोले हारजितपनि समितिकै हुने कुराले देखिन्छ।
व्यक्तिगत स्वार्थभन्दा माथी नउठेसम्म न समिति न एनआरएन कुनैले पनि बलियो वन्ने अवसर पाउने छैनन। कम्तिमा चुनावको परिणाम जे आएपनि स्वीकार्दै अघिल्लो पटकको जस्तो मुद्दामामिला त्यागमात्र तीनतिर फर्किएको समिति एकठाउमा आउने र एनआरएनएले पनि साझा संस्थाको आकार लिन सक्ने आशा गर्न सकिन्छ।